काठमाडौंं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लेखनाथ नगरपालिकास्थित सरस्वती टीका उच्च माध्यमिक विद्यालय उद्घाटन गरेका छन् । समारोहमा उपस्थित भारतीय दूतावासका मिसन उपप्रमुख डा. अजय कुमारले भने लक्ष्मी आदर्श महुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पस पनि उद्घाटन गरे ।
श्रीसरस्वती टीका उच्च माध्यमिक विद्यालय ३ करोड ७१ लाख नेपाली रुपैया“बराबरको भारतीय सहयोगमा निर्माण गरिएको होे । राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध विद्यालयले दस जोड दुई तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ । कास्कीको प्रतिष्ठित विद्यालयले अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा अध्ययनरत झन्डैै १ हजार १०० विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।
४ करोड ८४ लाख भारतीय सहयोगमा श्रीलक्ष्मी आदर्श बहुमुखी क्याम्पस निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चारवर्षे पूर्णकालीन कार्यक्रम एवं दुस जोड दुई तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा सेवा प्रदान गर्दछ । क्याम्पसमा ४ सय ५० भन्दा बढीमध्ये ८५ प्रतिशत छात्रा छन् ।
४ करोड ११ लाखबराबर भारतीय सहयोगमा श्रीगुप्तेश्वर महादेव बहुमुखी क्याम्पस निर्माण भएको हो । यो त्रिभुवन विश्वविद्यालयसँग आबद्ध गैरनाफामूलक प्राज्ञिक संस्था हो, जसले बीएड, बीबीएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ ।
सन् २०१८को शैक्षिक सत्रदेखि क्याम्पसले बिएचएम र बीआईएम संकायमा पनि अध्यापन सुरु गरेको छ । यस क्याम्पसमा ४१८ विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ८० प्रतिशत छात्रा छन् ।
नवनिर्मित संरचना (सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय)ले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप ऊर्जाशील बनाउनुका साथै कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र तनहुँका विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्नेछ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2A0R1ql
No comments:
Post a Comment