व्यापारीको आफूखुसी मूल्य, सरकारी अनुगमन फितलो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 4, 2018

व्यापारीको आफूखुसी मूल्य, सरकारी अनुगमन फितलो

काठमाडौं। सरकारले बजार अनुगमन पर्याप्त रूपमा गर्न नसक्दा व्यवसायीले आफूखुसी मूल्य राख्ने गरेका छन् । फितलो बजार अनुगमनको फाइदा उठाउँदै व्यापारीले तिहारको सामानमा मनपरी मूल्य लिइरहेका छन् ।

तिहारमा प्रयोग हुने सबै जस्तो सामानमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठगी गर्दा समेत सरकार भने मौन रहेको छ । तिहारको नाममा उपभोक्तालाई ठगिरहँदा समेत सरकार बेखबरझैं बनिरहेको छ । तिहार नजिकिन थालेपछि बजारमा सामान किन्नेहरूको चहलपहल बढेको छ । चहलपह बढेसँगै उपभोक्ता ठगिने क्रममा पनि वृद्धि भएको छ ।

सिनामंगल बस्दै आएकी ज्योति सापकोटा कार्की तिहारका लागि सामान किन्न असन बजारमा आएकी थिइन् । उनले सुस्केरा मार्दै भनिन, ‘उफ, यस वर्ष बजारमा तिहारको सामान महँगीले छोइनसक्नु भएको रहेछ, कसरी तिहार मनाउने ? सामानको मूल्य सुन्दै चिन्ता बढेको छ ।’ पसल पसलपिच्छे व्यापारीले एउटै सामानको फरक फरक मूल्य लिइरहेका छन् । तिहारको पूजा सामानदेखि भाइमसलामा व्यापारीको आफ्नै मूल्य रहेको छ । यति मात्रै नभई व्यापारीले बढी मूल्य लिनुका साथै गुणस्तरहीन सामान बिक्री गरिरहेका पनि उपभोक्ताले बताए । व्यापारीले म्याद सकिएका भाइमसलालाई प्याकेट प्याकेट बनाएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । यति मात्र नभई व्यापारीले  तिहारका लागि बिक्रीमा राखेका भाइमसलाको एउटै साइज र तौलका प्याकेटको मूल्य व्यापारीले फरक फरक मूल्य लिने गरेको पनि कार्कीले बताइन् ।

 

भाइमसलाको मूल्यसूची

२०७५ को मूल्य (रु÷प्रतिकेजी)    २०७४  मूल्य (रु÷प्रतिकेजी)

सुकमेल २ हजार ७ सय         १ हजार ६ सय

काजु  १ हजार ७ सय    १ हजार ६ सय

किसमिस ७ सय        ५ सय

ओखर ५ सय ५०       ४ सय

ल्वाङ १ हजार ५ सय    १ हजार ३ सय

मखना १ हजार २ सय    ९ सय

छोकडा १ सय ४०       १ सय ७६

एउटै साइज र एउटै तौल भएका सामानको कतै ९० कतै ८० त कतै ५० समेत लिने गरेको उनको भनाइ छ । भाइमसलामा मात्र नभएर भाइटीकाको दिनमा प्रयोग हुने कलरसमेतको फरक फरक मूल्य रहेका छन् । तिहारमा धेरै भन्दा धेरै भाइमसला बिक्री हुने हुँदा उपभोक्तालाई ठगिनबाट जोगाउन सरकारी निकायले अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, बानेश्वर बस्दै आएकी सीता कार्कीले यस वर्ष तिहारमा व्यापारीले विभिन्न बहानमा सामानको पसलपिच्छे मनपरी मूल्य लिइरहेको बताइन् ।

गत वर्ष ५० रुपैयाँ पाइने सोही सामान यस वर्ष ९० रुपैयाँ पर्ने उनले बताइन् । पूजा सामानदेखि भाइमसलामा समेत मनपरी मूल्य लिइरहेको बताइन् ।

उनले भनिन्, ‘व्यापारीले अहिले एक सयमा के आउँछ र भन्दै  आफूखुसी मूल्य लिइरहेका छन् ।’ सँगै जोडिएका पसलमा समेत फरक फरक मूल्य लिइरहेको उनको भनाइ छ । सरकारले बजार अनुगमन नगर्दा  व्यापारीले मनपरी मूल्य लिएर उपभोक्तालाई ठगिरहेको बताइन् ।

असन बजारमा लामो समयदेखि व्यापार गर्दै आएका सन्तोस श्रेष्ठले एउटा भाइमसलाको प्याकेटलाई ५० रुपैयाँदेखि ६ सयमा बिक्री गरिरहेको बताए ।

इन्द्रचोकस्थित भाइमसलाको व्यापार गर्दै आएका रमेश महर्जले सोही साइज र सोही तौल भएको भाइमसलाको प्याकेटको ७ सयदेखि ९०, रुपैयाँ लिइरहेका थिए ।   बजारमा व्यापारीले मनपरी मूल्य लिइरहेका बेला सरकारको अनुगमन निरन्तर भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकाल बताउँछन् ।

उनले भने, ‘यदि कुनै व्यापारीले मनपरी मूल्य लिएको भेटिएमा कडाइसाथ उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कानुनी कारबाही गरिनेछ  ।  यो वर्ष तिहारमा भाइमसलाको मूल्य अत्यधिक वृद्धि भएको छ । तिहारमा बढी खपत हुने मौका छोपेर व्यवसायीले भाइमसलाको मूल्य बढाएका हुन् ।

 

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2QhpS9v

No comments:

Post a Comment

Post Bottom Ad

Pages