चितवन । जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी परेका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
विसं १९९२ मंसिरमा भोजपुरमा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०१६ सालबाट उनी बसाई सरेर चितवन आएका हुन् ।
उनले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए । लामो समयसम्म उनी नेकपाका सल्लाहकार रहेका थिए । यससंँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उनले योगदान पु¥याएका छन् ।
जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ । अहिले ज्येष्ठ कम्युनिस्ट मञ्चको सल्लाहकार रहेका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष भएका थिए ।
चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बनेका उनको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति संघ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ ।
मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छा छोरा अमेरिका भएकाले उनी फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताएका छन् ।
from Rajdhani Daily https://ift.tt/2AQOEbu
No comments:
Post a Comment