आगलागीबाट घाइते बालकलाई उपचार र पठनपाठनका खर्च जुट्यो  - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

आगलागीबाट घाइते बालकलाई उपचार र पठनपाठनका खर्च जुट्यो 

संखुवासभा । सभापोखरी गाउँपालिका–२ धुपुमा आगलागीबाट घाईते भएका पाँच वर्षीय बालक विशाल भट्टराईको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।
आईतबार नेपाल पत्रकार महासंघ संखुवासभाको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र महासंघका अध्यक्ष इन्द्र गिरीले पीडित बालकका बुबा चक्रबहादुर भट्टराईलाई दाताले पठाएको नगद हस्तान्तरण गरेका छन् ।
आगलागीपीडित बालकको उपचारमा आर्थिक अभाब भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि काठमाडौ नयाँबानेश्वर बुद्धनगरमा रहेको कान्तिपुर इन्टरनेशनल कलेजले बालकलाई उपचार खर्च बापत तत्काल १२ हजार ५ सय रुपैयाँ नगद र एक बर्षसम्म लाग्ने स्कुल शुल्क, पोशाक, कापीकलम, किताब र झोला समेत उपलब्ध गराउने कान्तिपुर इन्टरनेशनल कलेजले जनाएको छ ।
गत असोज ३१ गते बढादशैंको अष्टमीका दिन तीन जना दाजु मात्रै घरमा रहेको अवस्थामा आगलागी भएको थियो । आगलागी हुदाँ बहिनीलाई बचाउने क्रममा विशालको दुबै खुट्टा आगोले जलेको थियो ।
जिल्ला अस्पताल खाँदबारीमा उपचारपछि दाँया खुट्टा निको भएपनि बायाँ खुट्टाको घाउ अझै राम्रोसँग निको भइनसकेको पीडित बालकको बुबा चक्रबहादुरले बताए । तर घाउ निको हुँदै गएकाले डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ ।
आर्थिक अवस्था कमजोर भएको चक्रबहादुर अर्काको खेतमा बनिबुतो गर्दै बस्दै आईरहेका थिए । सो खेतमा रहेको घरबाट विद्यालय नजिक पर्ने भएकाले त्यहाँ सरेको उनको भनाई छ । केटाकेटीले घरमा आगो खेलाउने क्रममा घर आगलागी भएको बुझिएको उनले बताए ।
घरमा आगलागी भएपछि सम्पूर्ण अन्नपात, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएको थियो । अहिले दाईको घरमा बसिरहेको उनको भनाई छ । बालकको उपचार खर्च र एक बर्ष सम्मको पठनपाठन खर्च ब्यहोर्ने कान्तिपुर कलेजले जनाउदै नयाँ पत्रिकाका संखुवासभा संवाददाता नवीन गुरुङको खातामा नगद रुपैयाँ पठाएको थियो ।
घर आगलागी भएपछि आफूसँग भएका सबै सम्पत्ति जलेर नष्ट भएको छ । परिवार नै विचल्लीमा परेको अवस्थामा कान्तिपुर कलेजले आफ्नो परिवारलाई ठूलो गुन लगाएको र भगवान नै सावित भएको चक्रको भनाइ थियो ।


from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2JDyPHP

No comments:

Post a Comment

Post Bottom Ad

Pages