नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्नेसँग कुनै किसिमको सम्झौता नहुने बताएका छन् ।
प्रमुख आयुक्त घिमिरेले आइतबार आयोगको बुटवल सम्पर्क कार्यालयअन्तर्गत नेपालगञ्जको नवनिर्मित भवन उद्घाटन गर्दै सो बताएका हुन् ।
घिमिरेले भ्रष्टाचार न्यूनीकरण गर्न नागरिक समाज, सञ्चार क्षेत्र, सरोकारवाला, सबै निकायको सक्रिय सहयोग र साथ आवश्यक रहेको स्पष्ट पारे ।
उनले विकास निर्माणका आयोजना तथा सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितता कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिँदै विकास निर्माणमा गुणस्तरहीन काम गर्ने र समयमा नै सम्पन्न नगर्नेलाई कारबाही गरिने बताए ।
प्रमुख आयुक्त घिमिरेले हाल कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनामा आयोगले विशेष निगरानी राखेको बताए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DlKMkX
No comments:
Post a Comment