काठमाडौं । निर्मलाका लागि न्याय दिन सञ्चालित अभियानले डीएनए परीक्षणका लागि संकलन गरेको नमुना रगत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइएको छ । अभियानले शनिबार डीएनए परीक्षणका लागि भन्दै नमुना रगत संकलन गरेको थियो । संकलित नमुना आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइएको हो ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पूरा हुँदा समेत बलात्कार तथा हत्यामा संलग्न पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लाग्न नसकेको भन्दै अभियानले सांकेतिक र व्यंग्यात्मक विरोधका लागि त्यस्तो शैली अपनाएको हो ।
‘नमुना रगतलाई सम्बन्धित निकायमा पठाई जाँच गराइदिनुहुन तथा आवश्यक परे उक्त समयमा भीमदत्त नगरपालिकामा रहेका सबै सम्बन्धित पुरुष व्यक्तिहरूको नमुना संकलन गरी त्यसको डीएनएसँग निर्मलाको योनिको स्वाबको डीएनए परीक्षण गर्न पनि आग्रह गर्दछौं,’ जिल्ला प्रशासनमा बुझाइएको पत्रमा भनिएको छ ।
निवेदकहरू चारु गजुरेल, चेवन घिमिरे, शशीविक्रम कार्कीलगायतको समूहले प्रशासन कार्यालयमा गएर संकलित रगतको नमुना बुझाएका हुन् ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2JDPB9G
No comments:
Post a Comment