विराटनगरमा पहिलो पटक नेत्रहिन क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघको अयोजनामा ५ देखि ८ मंसिरसम्म प्रथम रोनाल्ड म्याकली कप २०१८ नामको क्रिक्रेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा झापा, म्याग्दी, बर्दिया र त्रिभुवन आर्मी क्लब अन्र्तगतका द्वन्द्वपीडित घाइते टीमसहित चार टीमले सहभागिता जनाउने र ६० जना खेलाडीले भाग लिने कार्यक्रम संयोजक निरोज गिरीले जानकारी गराए ।
संयोजक गिरीका अनुसार प्रतियोगिता टी–२० फरम्याटमा लिग चरणमा खेलाइने र नियम अन्तराष्ट्रिय नेत्रहिन क्रिकेट अनुसारको लागू हुनेछ । प्रतियोगतामा बिजयी टीमले नगद २० हजार र उपबिजेताले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् । उदघाटन खेल झापा र बर्दियाबीच हुनेछ ।
कुल साढे ७ लाख रुपैयाँ खर्च लाग्ने उक्त्त प्रतियोगता आयोजनाका लागि कादुरी च्यारीटेबल फाउण्डडेसन र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग गर्ने जनाएको छ । रोनाल्ड म्याकुरी कादुरी च्यारिटेबलका एक जना ट्रस्ट हुन् । उनले २० वर्ष हङकङबाट साँङग क्रिक्रेट टीमबाट खेलेका थिए ।
अन्तराष्ट्रिय नेत्रहिन क्रिकेट प्रतियोगितामा समेत सहभागिता जनाउन थालेको नेत्रहिन क्रिक्रेट संघले मोरङ, झापा, बर्दिया र म्याग्दीमा आधारभुत प्रशिक्षण दिएर हालसम्म एक सय १० जना नेत्रहिन क्रिकेट खेलाडी तैयार गरिसकेको जनाएको छ ।
The post विराटनगरमा नेत्रहिन क्रिकेट प्रतियोगिता हुने appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2A2OiNi
No comments:
Post a Comment