सेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई टेवा पुराउने उद्देश्यसहित सेयर ब्रोकरलाई गरिने भुक्तानी क्लियरिङ हाउसमार्फत हुने भएको छ । नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत सीधै भुक्तानी गर्ने व्यवस्था गरिएको हो ।
लगानीकर्ताले सेयर खरिद गरेबापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैंक खातामा सजिलै रकमान्तर गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म यस प्रणालीमा १२ जना ब्रोकर आबद्ध भइसकेका छन् ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेट फन्ड लोडजस्ता कारोबार गर्न सकिने व्यवस्था यसअघि नै रहेको थियो ।
कम्पनीका अनुसार यस प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरूले सम्झौता गरिसकेकामा ३४ वटा बैंक तथा वित्तीय संस्थाबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।
The post सेयर ब्रोकरको भुक्तानी कनेक्ट आइपिएस इ–पेमेन्टमार्फत appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2PIznkZ
No comments:
Post a Comment