हुवावेको सर्वोत्कृष्ट स्मार्टफोन ‘मेट ट्वान्टी प्रो’ नेपालमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

हुवावेको सर्वोत्कृष्ट स्मार्टफोन ‘मेट ट्वान्टी प्रो’ नेपालमा

काठमाडौं- हुवावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन– हुवावे मेट ट्वान्टी प्रो मंगलबार सार्वजनिक गरीएको छ। काठमाण्डौँस्थित सोल्टी क्राउन प्लाजामा आयोजित एउटा भव्य कार्यक्रम माझ सार्वजनिक गरेको हो।

गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिकगरिएको हुवावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट स्मार्टफोनका रूपमा चिनिन्छ।विभिन्‍न संचारगृहहरूका पत्रकारहरू तथा ब्लगरहरूको सो मिडिया कन्फरेन्समा उत्साहजनक सहभागिता रह्यो । सो कार्यक्रममा केही ब्लगरहरूले मेट ट्वान्टी प्रो स्मार्टफोन चलाउँदाको उत्कृष्ट अनुभवबारे पनि सुनाएका थिए।

लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२०० एमएएच ब्याट्री, हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० तथा यस फोनका आइकोनिक डिजाइनहरू बारे उहाँहरूले जोड दिएका थिए

हुवावे मेट ट्वान्टी प्रो मा अत्याधुनिक लाइका ट्रिपल क्यामरा सेटअप जडित छ। अन्य स्मार्टफोन उत्पादक कम्पनीहरूले अझै पनि डुअल क्यामरा मात्र ल्याइरहेको बेला हुवावेले अघि बढ्दै ट्रिपल क्यामरा सेटिङहरू ल्याउन सफल भइसकेको छ।

खासगरी हुवावे मेट ट्वान्टी प्रोमा भएको लाईका ट्रिपल क्यामरामा ४० एमपी आरजीबी क्यामराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सूक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथा म्याक्रो सटहरूका लागि सबै भन्दा उपयुक्त रहेको छ।

वायरलेस चार्जिङलाई प्राथमिकता दिँदै हुवावे मेट ट्वान्टी प्रोले १५ वाट सम्मवायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाट सम्म पनि सपोर्ट गर्न सक्दछ। यसमा भएको सुपरचार्ज प्रविधि टियूभी प्रमाणित हो। यो स्मार्टफोनले वायरलेस रिभर्स चार्जिङलाई सपोर्ट गर्दछ र अन्य क्यू आइ भएका उपकरणहरुका लागि पावर ब्यांककारुपमा पनि काम गर्दछ।

हुवावे मेट ट्वान्टी प्रोको सेटसहित चार्जर, सेतो रंगको यूएसबी टाइप–सी एअरबडहरू तथा एउटा यूएसबी टाइप–सी–टु ३.५ अडियो अड्यापटर पनि उपलब्ध गराइन्छ।

हुवावे मेट ट्वान्टी प्रो माउच्चदर्जाको इन्टेलिजेन्स, कार्यक्षमता तथा कम्युनिकेशन फिचरहरू रहेका छन्, जसले प्रयोगकर्ताहरूलाई फोन प्रयोगको सर्वोत्कृष्ट अनुभवप्रदान गर्छ।

पछिल्लो प्रविधिलाई आत्मसातगर्दै हुवावे मेट ट्वान्टी प्रोले किरिन ९८० का लागि सात एनएमप्रोसेस प्रविधि आत्मसात गरेको छ, जसकारण सिपियूको कार्य क्षमतामा ७५ प्रतिशतले वृद्धि‚ त्यस्तै जिपियू क्षमतामा ४६ प्रतिशत सुधारहरू र एनपीयूमा २२६ प्रतिशतले वृद्धि भएको छ।

हुवावे मेट ट्वान्टी प्रो स्ट्रीमलाइन लुककालागि आठ साइडमा कर्भ जस्तो गरिएको छ र सिमेट्रिकल लुकरहेको छ। बिल्कुलै नयाँ रंग हरियो (एमरालण्ड ग्रीन) रंग सहित क्लासिक ब्ल्याकमा यो फोन नेपाली बजारमा उपलब्ध छ।

सोफिस्टिकेटेड थ्री डी फेस रेग्कनिसन फिचर तथा स्तोरन्नति गरिएको इनस्क्रीन फिङ्गर प्रिन्ट सेन्सरले हुवावे मेट ट्वान्टी प्रो को महत्व झनै बढाएका छन् ।
ओएलइडी ६.३९ इन्च स्क्रीनभएको यो फोन हेर्दा निकै आकर्षक, सुन्दर र सिम्पल पनि छ । सिमलेस डिस्प्लेका लागि यस फोनमा मेट टेनको बटम–फ्रन्ट बटन राखिएको छैन । यस फोनमा १९.५ः९ रेसियोको डिस्प्ले, टुके+ रेज्युलुसन (३१२०ह १४४०) जुन प्रति इन्च करिब ५३७ पिक्सल रहेको छ।

हुवावेले ल्याएको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) फोटोग्राफी जस्ता विशेषता आफ्ना उत्पादनहरूमा ल्याउन अन्य स्मार्टफोन उत्पादकहरू प्रयासरत रहेको बेला हुवावेको मेट ट्वान्टी प्रो तथा मेट ट्वान्टीका अन्य स्मार्टफोनहरूमा फिल्म मेकिङ तथा भिडिओ प्रोडक्सन सम्बन्धी थुप्रै विशेषताहरू रहेका छन्।

सर्वोत्कृष्ट डिजाइनको अनुभवसहित स्मार्टफोनको भावी परिभाषालाई पुनः परिभाषित गर्दै हुवावे मेट ट्वान्टी सिरिज अन्तर्गत हुवावे मेट ट्वान्टी, हुवावे मेट ट्वान्टी प्रो, हुवावे मेट ट्वान्टी एक्स तथा मेट ट्वान्टी आरएस पोर्श डिजाइन हुवावे अन्तरर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका छन्। तर नेपाली बजारमा भने मेट ट्वान्टी प्रो मात्र सार्वजनिक गरिएको छ।

सोफिस्टिकेटेड डिजाइनको हुवावे मेट ट्वान्टी प्रो स्मार्टफोन सबैभन्दा अत्याधुनिक, लामो ब्याट्री आयु, अत्याधुनिक सुरक्षा, उत्कृष्ट फोटोग्राफीतथा भिडियोग्राफी अनुभव प्रदान गर्दछ। हुवावे मेट ट्वान्टी प्रो को बजार मूल्य रु.१,२९,९०० रहेको छ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2PHNsjG

No comments:

Post a Comment

Post Bottom Ad

Pages