पत्रकारको नाकबाट रगत बग्दा पनि रोकिएन लाइभ समाचार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

पत्रकारको नाकबाट रगत बग्दा पनि रोकिएन लाइभ समाचार

सोसल मिडियामा एउटा भिडियो निकै भाइरल बनिरहेको छ । लाइभ समाचारका क्रममा एकजना समाचार वाचकको नाकबाट रगत बगिरहेको भिडियो भाइरल बनिरहेको हो ।

उक्त भिडियो कोरियाको एक टेलिभिजन च्यानलको हो । एसपीओ टीभीको ट्वीटर ह्याण्डलबाट एउटा भिडियो शेयर गरियो । भिडियोमा देखिन्छ कि दुईजना पत्रकार समाचार वाचन गरिरहेका छन् । ती दुई पत्रकारमध्ये एकजनाको नाकबाट रगत बगिरहेको छ । नाकबाट रगत बगे पनि ती पत्रकार त्यहाँबाट उठेर हिँड्ने वा रोकिनेवाला छैनन् । उनले आफ्नो काम जारी राख्छन् ।

नागबाट रगत बगिरहँदा पनि समाचार वाचनमा खट्ने ती पत्रकारको नाम ह्यून इल हो । उनको नाकबाट रगत बगेको देख्दा उनका सहकर्मी आत्तिन्छन् । तर उनी निर्धक्क देखिन्छन् ।

सोसल मिडियामा यो भिडियो निकै भाइरल भएको छ । धेरैले ह्यूनको कामप्रतिको समर्पणको प्रशंसा गरेका छन् ।


एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/2QN1AI1

No comments:

Post a Comment

Post Bottom Ad

Pages