यस्तो छ मंगल ग्रहका १० रहस्‍यहरु: दुइ चन्द्रमा, दुई गुणा समय ! - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

यस्तो छ मंगल ग्रहका १० रहस्‍यहरु: दुइ चन्द्रमा, दुई गुणा समय !

एजेन्सी-मंगल ग्रहको बारेमा विस्तृत अध्‍ययनका लागि नासाले पठाएको इनसाइट ल्‍याण्डर सोमबार सफलतापूर्वक मंगलग्रहको सतहमा पुगिसकेका छन्।
मंगलग्रहको बारेमा विस्तृतमा अध्‍ययनको लागि नासाले करीब ७ महिना पहिले (यही वर्ष मे ५ तारिखमा) पृथ्वीबाट इन्साइट ल्‍याण्डरलाई त्‍यहाँ पठाएको थियो। यो इन्साइट पृथ्वीबाट करीब ३० करोड माइल अर्थात ४५.८ करोड किलोमिटरको दूरीमा मंगल ग्रहको जमिनमा एलिसियम प्लानिशसया नामक एक समथर मैदानमा उत्रियो। उक्त ठाउँ रातो ग्रहको भूमध्‍य रेखाको नजिक पर्छ। साथै यो लाभाबाट बनेको च्‍यादर जस्तो देखिन्छ।

इन्साइटको उद्देश्‍य मंगलको जमिनभित्र पसेर त्‍यहाको रहस्‍य पत्ता लगाएर सूचना पृथ्वीमा पठाउनु रहेको छ।  मंगल ग्रहबाट इन्साइटले पृथ्वीमा केही संकेतरु पठाएका छन् र अब यो मेसिन काम गर्न तयार छ। उसले सूर्यको प्रकाश पाउनको लागि आफ्‍नो सिस्टममा जडान गरिएको सोलार प्‍यानल फैलाएको छ जुन आफैमा चार्जेबल छ।

नासाको यो इन्साइट प्रोजेक्‍ट म्‍यानेजर टोम हाफम्‍यानले भनेका छन्, ‘अब इनसाइट आरामले काम गर्न सक्छ।ऊ आफ्‍नै ब्‍याट्री रिचार्ज गरिरहेको छ।’

मंगल ग्रहबारेका केही १० रहस्‍यहरु यस्ता छन्


१. हाम्रो सौर्यमण्डलमा ग्रहको कुरा गर्दा मंगल ग्रह सूर्यभन्दा १४.२ करोड माइलको दूरीमा पर्दछ। सौर्यमण्डलमा पृथ्वी तेस्रो नम्बरमा पर्छ ।यसपछि चौथो नम्बरमा मंगल ग्रह पर्छ। पृथ्वी सूर्यबाट ९.३ करोड माइलको दूरीमा अवस्थित छ।

२. पृथ्वीको तुलनामा मंगल ग्रह लगभग यसको आधा मात्रै छ। जहाँ पृथ्वीको व्‍यास ७, ९२६ माइल रहेको छ भने मंगलको व्‍यास ४,२२० माइल मात्र छ। तर तौलको कुरा गर्ने हो भने मंगल पृथ्वीभन्दा दोब्बर जस्तै छ।

३. मंगलले सूर्यको पूरा परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। यो आधारमा पृथ्वीको तलनामा मंगलले सूर्यको परिक्रमा गर्न दोब्बर समय लगाउँछ। मंगलमा एक वर्षमा ६ सय ८७ दिन हुन्छ।

४. मंगलमा एक दिन (जसलाई सोलार डे पनि भनिन्छ) २४ घण्टा ३७ मिनेटको हुन्छ।

५. यहाँ एकदमै ठिर्याउने चिसो, धुलोले युक्त आँधीबेरीको बबण्डर पृथ्वीको भन्दा मंगलमा कैयौ गुणा धेरै छ। भनिन्छ, जीवनको लागि मंगलको भौगोलिक स्थिति राम्रै छ। गर्मीमा यहाँ सबैभन्दा धेरै तापमापन ३० डिग्री सेल्सियससम्‍म पुग्छ भने जाडो मौसममा शून्‍यबाट घटेर माइनस १४० डिग्रीसम्‍म पुग्छ।

६. पृथ्वीको जस्तै यहाँ पनि वर्षमा चार वटा मौसम/ऋतु हुने गर्छ। शिशिर, वसन्त, गृष्म र शरद। पृथ्वीको तुलनामा मंगलमा सबै मौसम लगभग दुगुणा समयसम्‍म चल्छ।

. पृथ्वी तथा मंगलमा गुरुत्वाकर्षण शक्ति फरक हुने कारणले पृथ्वीमा १०० पाउण्ड तौल भएको व्‍यक्तिको मंगलमा ३८ पाउण्ड मात्रै हुन्छ।

८. मंगलसँग दुई वटा चन्द्रमा रहेका छन्। फोबोस् जसको व्‍यास १३.८ माइल छ। अर्को डेमियोस जसको व्‍यास ७.८ माइल रहेको छ।

९. मंगल तथा पृथ्वी दुवै ग्रह चार पत्रबाट बनेको छ। पहिलो क्रस्ट, मेटल, बाहिरी कोर तथा आन्तरिक कोर। पहिलो पत्र फलामले बनेको हुन्छ भने दोस्रो सिलिकेट ढुंगाबाट बनेको हुन्छ। यस्तै तेस्रो र चौथो भने बाहिरी र भित्री कोरबाट बनेको हुन्छ। पृथ्वीको कोरजस्तै मंगलमा पनि यही पत्रद्वारा बनेको हुन्छ। तर उक्त कोर ठोस धातुबाट बनेको छ की तरल पदार्थबाट बनेको छ, त्‍यो भने अहिलेसम्‍म पत्ता लगाउन सकिएको छैन।

१०. मंगलको वातावरणमा ९६ प्रतिशत कार्बनडाइअक्साइड, १.९३ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन तथा २ प्रतिशत नाइट्रोजन हरेको छ। साथै यहाँको वातावरणमा कार्बनमोनो अक्साइड ग्‍यासको केही प्रतिशत पाइएको छ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2B4MgfO

No comments:

Post a Comment

Post Bottom Ad

Pages