भारतले गर्‍यो ५ हजार किलोमिटरसम्‍म मार हान्‍न सक्‍ने मिसाइलको सफल परीक्षण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

भारतले गर्‍यो ५ हजार किलोमिटरसम्‍म मार हान्‍न सक्‍ने मिसाइलको सफल परीक्षण

एजेन्सी -अन्तरिक्षको दुनियाँमा भारतले एकपछि अर्को गर्दै लगातार सफलता हासिल गरिरहेको छ। त्‍यही निरन्तरता सोमबार पनि दिँदै भारतले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल अग्‍नी-५को सफल परीक्षण गरेको छ।

उक्त परीक्षण अपहरान्ह एक बजेर ३० मिनेटमा गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले उल्लेख गरेको छ। यो मिसाइल भारतको सातौ परीक्षण हो। यो मिसाइलले ५ हजार ५ सय किलोमिटरसम्‍म मार हान्‍न सक्‍ने अग्‍नी -५को परीक्षण ओडिसाको समुद्री तटमा गरिएको थियो।

अग्‍नी-५को क्षेत्र ५,५०० किलोमिटरभन्दा पनि धेरै छ। अर्थात अग्‍नी-५ को मिसाइलले चीन, युरोप तथा पाकिस्तानसले यसलाई बनाइसकेको छ।अग्‍नी-५ को प्रविधिको क्षेत्रमा सबैभन्दा एडभान्स मिसाइल हो। यसमा नेभिगेशन, गाइडेन्श, बारहेड तथा इन्जिनमा अत्याधुनिक सुविधा उपलब्ध छ।

यस प्रकारको मिसाइल अमेरिका, रुस, फ्रान्स तथा चीनपछि अब भारतसँग पनि अन्तरमहादेशीय ब्‍यालेस्टिक मिसाइलको क्षमता रहेको प्रमाणित भएको छ।
अर्थात एक महादेशबाट अर्को महादेशसम्‍म ५ हजार किलोमिटरभन्दा बढी मार हान्‍न सक्‍ने क्षमताको मिसाइल हो।

तीन चरणमा ठोस इन्जीनबाट चल्‍ने यो अग्‍नी-५ मिसाइललाई अब्दुल कलाम द्वीप (ह्वीलर द्वीप)मा रहेको एकीकृत परीक्षण क्षेत्र परिसर-४बाट प्रक्षेपण गरिएको थियो।

के हो अग्‍नी -५ ?


अग्‍नी-५ एउटा घातक मिसाइल हो जसको लाम्बाइ १७.७ मिटर, चौडाइ २ मिटर र ५० टन तौलमा डेढ टन विस्फोटक पदार्थ लैजाने क्षमता रहेको हुन्छ।

यसको गति ध्‍वनीको गतिभन्दा २४ गुणा छिटो हुन्छ। यसअघि अग्‍नी-५को सफल परीक्षण सन् २०१२, दोस्रो सन् २०१३,तेस्रो सन् २०१५ र चौथो सन् २०१६, पाँचौ सन् २०१८ र छैठौं सन् २०१८ जुन महिना र सातौ पटकको अग्‍नी सफलता आज मे १० मा गरिएको हो।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2UsRtXM

No comments:

Post a Comment

Post Bottom Ad

Pages