बैंकर्स र इन्भेस्टर्ससँग संस्थागत सुझाब माग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 10, 2018

बैंकर्स र इन्भेस्टर्ससँग संस्थागत सुझाब माग

अर्थ मन्त्रालयद्वारा गठित समितिले बैंकर्स र लगानीकर्तासँग वित्तीय प्रणाली तथा सेयर बजारमा देखिएका समस्या पहिचान गरी आधिकारिक संस्थागत सुझाब मागेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकले नेपाल बैंकर्स एसोसिएसन र नेपाल इन्भेस्टर्स फोरमसँग आ–आफ्ना क्षेत्रका समस्या र त्यसको समाधानका उपायसहितको सुझाब माग गरेको हो ।

‘दुवै संस्थासँग बैंकिङ र पुँजीबजार क्षेत्रमा देखिएका समस्या र समाधानका लागि के गर्ने भन्ने सुझाब भोलि (मंगलबारभित्रै) दिन भनेका छौँ,’ डेपुटी गभर्नर श्रेष्ठले भने, ‘उनीहरूको संस्थागत सुझाब आएपछि त्यसको समेत विश्लेषण गरेर समितिले आफ्नो प्रतिवेदन तयार गर्नेछ ।’ उनीहरूको सुझाबपछि अहिले देखिएको तरलता, अस्थिर ब्याजदर र सेयर बजारका समस्या समाधानका अल्पकालीन र दीर्घकालीन उपाय खोजिने उनले बताए ।

अर्थ मन्त्रालयले मुद्रा र पुँजीबजारमा देखिएका प्रवृत्तिको अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न, औद्योगिक तथा पुँजीबजार क्षेत्रमा लगानीका लागि देखिएका समस्या पहिचान गरी सुझाब दिन गत बिहीबार समिति गठन गरेको थियो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, सेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिवसमेत सदस्य रहेको समितिदलाई ७ दिनभित्र सुझाब पेस गर्ने समय दिइएको छ ।

समितिले प्राप्त समयसीमाभित्रै सुझाब पेस गर्ने उनले बताए । ‘समितिले आफ्नो हिसाबले समेत अध्ययन तथा विश्लेषण गरिरहेको छ,’ उनले भने, ‘अब बैंकर्स र इन्भेस्टर्सको समेत संस्थागत माग तथा सुझाबको अध्ययन गरेर तोकिएको समयमै एउटा निष्कर्षमा पुग्नेछौँ ।’

 

The post बैंकर्स र इन्भेस्टर्ससँग संस्थागत सुझाब माग appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QHOnQz

No comments:

Post a Comment

Post Bottom Ad

Pages