७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दीबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 10, 2018

७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दीबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम विद्युत उत्पादन हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि परियोजनाबाट उत्पादन हुँदै आएको विद्युत् उत्पादनमा कमी आएको हो । बर्खाको समय टर्बाइन खुल्ला छोड्दा ७२ मेगावाटसम्म उत्पादन भएकाे उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ४६ मेगावाट मात्रै उत्पादन हुने गरेको छ ।


उक्त जलविद्युत् केन्द्रमा राति र दिउँसो एउटा टर्बाइन बन्द गरी एउटा टर्बाइन (३५ मेगावाट) मात्रै सञ्चालन गर्ने गरिएको छ । मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले दिउँसो २ देखि ३ घण्टा र राति ३ देखि ४ घण्टाको समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गरिएको बताए । कात्तिक २० बाट पूरै गेट बन्द गरेर पानीलाई सुरुङमार्फत जलविद्युत् उत्पादनमा प्रयोग गरिएको उनले बताए ।

उनले भने यसपटकको हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्न सक्छ । ‘छिटो नदी सुकेपछि बिजुली उत्पादन गत वर्ष भन्दा कम हुने सम्भावना छ,’ उनले भने, ‘गएको वर्ष औसत २७ मेगावाटसम्म थियो । यो वर्ष झन् घट्ने देखिएको छ ।’

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि पानीको बहावमा कमी

यस्तै ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि पानीको बहावमा कमी देखिएको छ । यसअघि पानी छोडेर पूरै क्षमतामा विद्युत् उत्पादन गरिरहेको आयोजनाले अहिले पूरै पानी बन्द गरेर सुरुङमार्फत विद्युत् उत्पादनका लागि पठाएको छ ।

आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले अहिलेलाई तत्कालै आयोजनाको विद्युत् उत्पादन नघटेको र पानी भने सबै विद्युत् निकाल्न प्रयोग भएको बताए । ‘डिसेम्बर महिना कटेपछि पानी नपुग्न सक्छ । त्यसपछि भने उत्पादन घट्ने सम्भावना छ । ठूला आयोजना जस्तै साना आयोजनाको विद्युत् उत्पादन पनि घट्न थालेको छ ।

The post ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दीबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2SDTeQe

No comments:

Post a Comment

Post Bottom Ad

Pages