२६ मंसिर, काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् ।
मंगलबार जनकपुरधाम आएका उनले प्रदेशप्रमुखसँग शिष्टाचार भेट गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ । उक्त भेटम भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए ।
विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् ।
निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । उनले आजै जानकी मन्दिरमा पूजा गरेका छन् ।
विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

from Online Khabar https://ift.tt/2zWtOGD
No comments:
Post a Comment