गुगलमा ‘इडियट’ टाइप गर्दा ट्रम्पको तस्बिर आउन थालेपछि… - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

गुगलमा ‘इडियट’ टाइप गर्दा ट्रम्पको तस्बिर आउन थालेपछि…

गुगलमा अचानक अंग्रेजी शब्द “idiot” इडियट लाई धेरैले खोजीरहेका छन् । यस्तो यसकारण भइरहेको छ कि इडियट टाइप गरेर सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर देखिन थालेको छ ।

यो कुरालाई गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईसँग अ‍ेमेरिकी सांसदहरुले उठाएका थिए ।

सुन्दर पिचाईसँग सोधिएको थियो कि के यो गुगलको राजनीतिक पक्षपातको उदाहरण होइन ? यसलाई पिचाईले ईन्कार गरेका छन् ।
गुगलका अनुसार अहिले “idiot” इडियट शब्द अमेरीकामा सबैभन्दा धेरै सर्च हुने शब्द हो ।

यस कुरामा रिपब्लिकल सांसद जो लोफ्ग्रेनले सुन्दर पिचाईसँग सोधे कि गुगलमा इडियट टाइप गर्दा राष्ट्रपति ट्रम्पको तस्बिर किन देखिन्छ ?

यसमा पिचाईले जवाफ दिए कि गुगल सर्च रिजल्ट अरबौँ किवर्डका आधारमा आउँछ जसलाई दुईसय भन्दा पनि धेरै कारणका आधारमा रैंक गरिन्छ जसमा प्रासंगिकता र लोकप्रियता पनि कारण रहन्छ ।

उनको जवाफ सुनेपछि सांसद लोफ्रेगेनले भने, यसको अर्थ याे होइन कि कुसैले पर्दा पछाडि रहेर यस्तो बदमासी गर्छ र यस्तो परिणामा देखाईन्छ ?

अर्का एक सांसदले सोधे कि यस्तो किन हुन्छ जब मैले आफ्नो स्वास्थ्यका बारेमा केही जान्न गुगलमा सर्च गर्यो भने नकारात्मक खबर बढी देखिन्छ ?

यसको जवाफमा पिचाईले भने , ‘हो यस्तै ढंगले मानिसहरुले गुगलमा शब्दहरु सर्च गर्ने गर्दछन् त्यसकारण नकारात्मक खबर पहिले देखिन्छ ।

“idiot” शब्द र राष्ट्रपति ट्रम्पको तस्बिर सबैभन्दा पहिले यो वर्ष आएको हो । केही मानिसहरुले गएको जुलाईमा ट्रम्पको ब्रिटेन भ्रमणको क्रममा विरोध जनाएका थिए ।
त्यहाँ ब्रिटिस प्रदर्शनकारीहरुले अमेरिकन इडियट नामको एउटा गीत बनाएर रेकर्ड गराएका थिए । त्यसपछि रेडिट वेबसाईटमा युजर्सले यस्तो आर्टिकल छापे जसमा ट्रम्पको छेउमा इडियट शब्द लेखिएको थियो ।

यो वेबसाइटको सर्च इन्जिन डेटाबेसलाई प्रभावित गर्ने प्रयास थियो जसलाई गुगल बाम्बिंग भनिन्छ ।

श्रोतः बिबिसी



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2EjjRGk

No comments:

Post a Comment

Post Bottom Ad

Pages