धुलिखेलमा बसले ठक्कर दिंदा युवकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

धुलिखेलमा बसले ठक्कर दिंदा युवकको मृत्यु

२६, मंसिर काभ्रे । अरनीको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल-५ स्थित बाँसघारीमा बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई डाँडापारी जाँदै गरेको ना४ख ९२२१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार धुलिखेल-३ कुत्तालका २० वर्षीय  शन्त तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । बस चालक र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी गिरीले बताए ।



from Online Khabar https://ift.tt/2RSagdn

No comments:

Post a Comment

Post Bottom Ad

Pages