जीर्ण बन्दै सीमास्तम्भ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

जीर्ण बन्दै सीमास्तम्भ

उच्चपहाडी भूभागमा रहेको सीमाक्षेत्रमा भारतीय सैनिक छन्, नेपाली छैनन्

रेखदेखको अभावमा नेपाल–भारत सीमाक्षेत्रका पिलर जीर्ण बन्दै गएका छन् । इलामको सन्दकपुरदेखि ताप्लेजुङको सीमासम्म पर्ने पाँचथर खण्डमा रहेका सीमा पिलर जीर्ण बन्दै गएका हुन् ।

केही ठाउँमा सडक निर्माणका क्रममा खनिएको जमिन पहिरोका कारण भासिँदा पिलर बग्ने अवस्थामा पुगेका छन् भने केही मर्मतको अभावमा जीर्ण बन्दै छन् । इलाम र ताप्लेजुङबीचको उच्च पहाडीक्षेत्र भारतसँग जोडिएका छन् । यहाँको भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीले ठाउँ–ठाउँमा पहरा दिने गरेका छन् । तर, नेपालतर्फ भने सुरक्षाकर्मीको उपस्थिति नै छैन । उच्च र विकट भूभाग भएकाले स्थानीयको नियमित आवजतावत पनि हुने नगरेको स्थानीयको भनाइ छ ।

साना पिलर तत्काल मर्मतको आवश्यकता
सीमा क्षेत्रमा राखिएका तीन प्रकारका पिलरमध्ये जंगे पिलर र मझौला पिलरको तुलनामा साना पिलरको तत्काल संरक्षण थाल्नुपर्ने अवस्था छ । यसअघि जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत दुई प्रहरीले त्यसक्षेत्रका पिलर गायव भए/नभएको ६ महिनासम्म खोज गरेका थिए । त्यसक्रममा उनीहरूले मर्मत गर्नुपर्ने पिलरको अवस्था पत्ता लगाएको भए पनि हालसम्म मर्मत हुन सकेको छैन ।

पाँचथर खण्डमा मात्रै नौवटा जंगे पिलर छन् । तीमध्ये एउटा जोखिममा छ भने दुईवटा सामान्य मर्मत गर्नुपर्ने अवस्थामा छन् । पहिरोका कारण पिलर जोखिममा परेको पाइएको सो अध्ययन टोलीमा संलग्न एक प्रहरीले बताए । मंसिर दोस्रो सातासम्म ती पिलरको अवस्था उस्तै छ । त्यस क्षेत्रमा रहेको एउटा मझौला पिलर पनि मर्मत गर्नुपर्ने अवस्थामा छ ।

पाँचथर क्षेत्रका १६  पिलर बेपत्ता
पाँचथर जिल्लाअन्तर्गतको सीमा क्षेत्रमा एक सय तीनवटा सामान्य पिलर हुनुपर्नेमा अध्ययन टोलीले ८७ वटा मात्रै फेला पारेको छ । १६ पिलर हराएका छन् । भेटिएका सबैको पनि मर्मत आवश्यक रहेको टोलीले जनाएको छ । टोलीले चार स्थानमा पिलरको पूर्वाधार जस्तो लाग्ने संरचना भेटे पनि १२ वटाको संरचनासमेत भेटिएको छैन । भेटिएकामध्ये सात पिलर तत्काल मर्मत गर्नुपर्ने अवस्थाका छन् ।

पहिलोपटक सीमाक्षेत्रका पिलरको अध्ययन गरिएको भए पनि स्थानीय सरकारले मर्मतको काम अगाडि बढाएका छैनन् । पिलरको मजबुतीका लागि काम थाल्नुपर्ने आवश्यकता भने रहेको फलेलुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष विश्वास सावदेनले बताए । ‘यो अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले हामीले मात्रै गर्ने भन्ने पनि नहुने रहेछ,’ उनले  भने, ‘हामी संरक्षणको काममा भने लाग्छौँ ।’

The post जीर्ण बन्दै सीमास्तम्भ appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2SIHc8l

No comments:

Post a Comment

Post Bottom Ad

Pages