साराको रोजाइमा निखिल कि अनमोल ?(भिडियो) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

साराको रोजाइमा निखिल कि अनमोल ?(भिडियो)

शुक्रबार अर्थात मंसिर २८ गतेबाट चलचित्र ‘सुश्री सम्पत्ती’ रिलिज हुँदैछ । यो चलचित्रमा शिर्ष भूमिकामा नायिका सारा सिर्पाली देखिएकी छिन् । सारा नेपाली चलचित्रमा उदाउने क्रममा छिन् । तेश्रो चलचित्रसम्म आइपुग्दा उनी करिअरलाई लिएर गम्भिर र मिडियामा जवाफ दिने क्रममा खुल्ने भएकी छिन् ।

कमेडी कथाको यो चलचित्रले रुवाउने पनि सारा बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन्–‘चलचित्रले दर्शकलाई हसाँउदा हसाँउदै भावनामा पनि लैजान्छ ।’

सारासँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः


सारासँग ‘ओके सेलिब्रिटी शो’मा कुराकानी गर्ने क्रममा उनलाई हामीले ‘छिटो मिठो’ प्रश्न पनि सोधेका थियौ । सारालाई हाम्रो पहिलो प्रश्न थियो, ‘अहिले युटुबमा हेडलाइन्स वा सेलिब्रिटी ?’मध्ये के बिक्छ ? जसमा साराले हेडलाइन्स भनेर जवाफ दिइन् ।

रमाइलो कुराकानीका क्रममा उनलाई ‘निखिल उप्रेती र अनमोल केसी’ मध्ये को रोज्नुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले ‘निखिल उप्रेती’लाई रोजिन् । सारालाई मिडियामा आउने विभिन्न खालका समाचार र हेडलाइन्सले पनि अचम्मित बनाउँदो रहेछ । उनले यसको पनि खुलेरै जवाफ दिने कोशिश गरेकी छिन् ।

‘रुद्र र पिजडा ब्याक अगेन’मा काम गरिसकेकी सारा यी दुई चलचित्रबाट खासै सन्तुष्ट देखिइनन् । बरु, उनको आशा मंसिर २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’मा बढी देखिएको छ । सलोन बस्नेत र बिनोद न्यौपानेको समेत मुख्य भूमिका रहेको चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।



from Online Khabar https://ift.tt/2EhJ1F1

No comments:

Post a Comment

Post Bottom Ad

Pages