२५ मंसिर, काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोली निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकनमा गएको छ ।
सोमबार काठमाडौंबाट गएको टोलीले आयोजना प्रमुख र स्थानीय सरोकारवालाहरुसँग छलफल गरेको छ । त्यसक्रममा १५ सय घरधुरीको सुकुम्बासी बस्तीको समस्या मुख्य रुपमा देखा परेको राष्ट्रिय सरोकार तथा समन्वय समिति सचिव सुर्दशन कुईँकेलले जानकारी दिए ।
उनका अनुसार जग्गाको लालपुर्जा नभएका तर बसोबास गर्दै बस्तीका तर्फबाट स्थानीय जनप्रतिनिधिले सुकुम्बासी बस्ती हटाउँदा उनीहरुलाई अन्यत्र बसोबासको ब्यवस्था गरिदिनुपर्ने माग राखेका छन् ।
रुख कटानको विषयमा भने बाहिर आएजस्तो समस्या नरहेको पाइएको सचिव कुर्ईँकेलको भनाइ छ । ‘बस्तीबाटै काम सुरु गर्न सकिने र आवश्यकताका आधारमा रुख काट्दै जानुपर्ने सुझाव स्थानीयका तर्फबाट आएको छ’, कुर्ईँकेलले भने, ‘काम अगाडि बढाउन समस्या देखिएको छैन् । तर, काठमाडौं आएर समितिमा छलफलल गरेर मात्रै आवश्यक निर्देशन गर्ने कुरा हुन्छ ।’ सोमवार गएको संसदीय टोली आजै (मंगलबार) कठमाडौं फर्कँदैछ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा रुख कटान र स्थानीयको मागका विषयमा स्थलगत अनुगमन गर्न संसदीय टोली निजगढ पुगेको हो ।
यसअघि, माधवकुमार नेपाल नेतृत्वमा समेत संसदीय टोलीले निजगढ पुगेर स्थलगत अध्ययन गरेको थियो ।
from Online Khabar https://ift.tt/2SFV1Eq
No comments:
Post a Comment