दार्चुलाको नौगाड गाउँपालिकाले एकीकृत घुम्ती सेवा शिविरमार्फत गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । शिविरमार्फत जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकतासँगै अन्य सेवा प्रदान गरेको हो । शिविरमा एक सय ६२ जनाले नागरिकता पाएका छन् ।
शिविरमा डेढ सयजनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै, सयजनाले फोटोसहितको मतदाता नामावलीमा संकलन गरिएको छ ।
शिविरमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, जिल्ला अस्पतालका डा. अनिलसिह बडाल र नेपाली सेनाका प्राविधिक उपसेनानी डा. साजन महर्जनसहित विभिन्न कार्यालयका प्रमुख सहभागी थिए । जिल्ला सदरमुकाम खलंगासम्म आउन नसक्ने नागरिकको सहजताका लागि गाउँमै घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष धामीले बताए ।
The post दुर्गम गाउँमा घुम्ती शिविरबाट नागरिकता वितरण appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2QKdAK9

No comments:
Post a Comment