भारतका पाँच विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भाजपाको तुलनामा कङ्ग्रेस अगाडि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

भारतका पाँच विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भाजपाको तुलनामा कङ्ग्रेस अगाडि

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना आउनेक्रम जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलार्इ राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईले उछिनिरहेको छ।

भारतीय निर्वाचन आयोगका अनुसार हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गानामा  मतणना जारी रहेको छ ।

यसअघि भारतीय जनता पार्टीको सरकार रहेको मध्यप्रदेश र राजस्थानमा कङ्ग्रेसले कडा टक्कर दिइरहेको छ ।

मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कङ्ग्रेस १०९ र भाजपाले १०८ स्थानमा अग्रता लिएका छन् । बहुजन समाज पार्टीले  ७, गोडवाना गणतन्त्र पार्टीले २ र अन्यले ३ स्थानमा अग्रता कायम गरेका छन् ।

अर्को महत्वपूर्ण राज्य राजस्थानमा २०० सिटका लागि कङ्ग्रेसले ९२ र सत्तारुढ दल भाजपाले ८२ स्थानमा अग्रता बनाएका छन् । त्यस्तै बहुजन समाज पार्टीले ३ र अन्यले २० स्थानमा अग्रता बनाएका  छन् ।

त्यस्तै, कुल ९० सिट रहेको छत्तीसगढमा कङ्ग्रेसले ६५ र बीजेपीले १७ सिटमा अग्रता बनाएका छन् । जनता कांग्रेस छत्तीसगढले  ७, बहुजन समाज पार्टीले  १  र कम्युनिष्ट पार्टी अफ इन्डिया  शुन्य सिटमा अग्रता रहेको छ ।

मिजरोममा ४० सिटमा मिजो नेसनल फ्रन्टले २७, कङ्ग्रेसले ६ र भाजपाले १ अतथा अन्यले ६ स्थानमा अग्रता बनाएका छन् ।

त्यस्तै ११९ स्थान रहेको तेलंगनामा स्थानिय तेलंगना राष्ट्रिय समितिले ८७, कङ्ग्रेसले १९ र तेल्गु देसम पार्टीले २ र भाजपाले १ स्थानमा अग्रता बनाएको छ ।

 

The post भारतका पाँच विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भाजपाको तुलनामा कङ्ग्रेस अगाडि appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2SJndXb

No comments:

Post a Comment

Post Bottom Ad

Pages