पाेखरा प्रिमियर लिग अन्तर्गत मंगलबारकाे पहिलाे खेलमा विराटनगर विजयी भएकाे छ । पाेखरा राइनाेज र विराटनगर वारियर्सबीचकाे खेल बराबरीमा टुङ्गिए पछि सुपर अाेभर खेलाइएकाे थियाे । सुपर अाेभरमा विराटनगरले पाेखरालार्इ हराएकाे हा ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले ७ विकेट गुमाएर ८४ रन जोडेको थियाे । पाेखराले दिएकाे ८५ रनका लक्ष्य पछ्याउने क्रममा विराटनगरले पुरै विकेट गुमाइ १९.३ अाेभरमा ८४ रन जाेड्याे ।
८५ रनको लक्ष्य पाएको विराटनगरका लागि आशिफ शेख १९ रन, रोलेफ भान डी मर्भीले ११ रन, रोबिन क्षेत्रीले १२ रन, हरी चौहानले १२ रन र करण केसीले १५ रनको योगदान गरे । विराटनगरका कप्तान पारस खड्काले १ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
पोखराका लागि विपिन खत्रीले सर्वाधिक ३ विकेट, बिक्रम सौब, पौल कौलिङ र सुसान भारीले समान २ २ विकेट लिए । यस्तै स्पिनिर शक्ति गौचनले १ विकेट लिए ।
यसअघि टस जीतेर बलिङ राेजेकाे विराटनगरका लागि पाैल मर्भिकले सर्वाधिका ३ विकेट, राेइलफ भान डि मर्भीले २ विकेट, समित पटेल र बसन्त रेग्मीले समान १/१ विकेट लिए । पाेखराका लागि काैल काेलिङले २० रन र राजेश पुलामि मगरले १७ रनकाे याेगदान गरे ।
जितसँगै विराटनगर अंक तालिकाकाे दाेस्राे स्थानमा पुगेकाे छ । विराटनगरले २ खेलमा ४ अंक जाेडेकाे छ । प्रतियाेगितमा कुनै खेल जीत्न नसकेकाे पाेखरा तालिकाकाे पुछारमा छ ।
The post इपीएल : सुपर अाेभरसम्म पुगेकाे खेलमा विराटनगर विजयी appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2QK8n5j

No comments:
Post a Comment