कैलालीमा अग्निपीडितलाई राहत - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

कैलालीमा अग्निपीडितलाई राहत

कैलालीको टीकापुर नगरपालिका–७ दिव्यपुरका अग्निपीडित कृष्ण ठकुल्लालाई राहत सामग्री प्रदान गरिएको छ । उनको परिवार त्रिपाल, भाडाकुँडा, बाल्टिन, कम्बललगायत अत्यावश्यक सामग्री प्रदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी, नारायणपुर उपशाखाले पठाएको सामाग्री प्रदान गरिएको वडाध्यक्ष रामलाल चौधरीले बताए । तत्काल आवश्यक पर्ने सामग्री प्रदान गरिएको र अन्य सहयोग जुटाउन थालिएको उनले बताए ।

त्यस्तै, टीकापुर–९ ले पनि राहत सामग्री प्रदान गरेको छ । वडाध्यक्ष लौटन चौधरीले राहत सामग्री हस्तान्तरण गरेका हुन् । आइतबार राति ठकुल्लाको गोठबाट सुरु भएको आगोले घरसमेत जल्दा लत्ताकपडा तथा खाद्यसामग्री नष्ट भएको थियो । गोठमा आगो लाग्दा पशुचौपाया मरेका थिए ।

The post कैलालीमा अग्निपीडितलाई राहत appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2SFCpUV

No comments:

Post a Comment

Post Bottom Ad

Pages