जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई फक्राउ गरेको छ । १७ वर्षकी एक किशोरीले दिएको जाहेरीका आधारमा जिल्लाको साँफेबगर-४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।

भुलले गएको आइतबार बिहान ९ बज ती किशोरी माथि जबरजस्ती करणी गरेका थिए । त्यसपछि किशोरीले जिल्लाको साँफेबगरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरेर जानकारी दिए लगतै प्रहरीले भुललाई गाउँबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका भुल अहिले जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा छन् । उनी माथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए । उनका अनुसार पक्राउ परेका भुललाई अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।

The post जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QHrRaI

No comments:

Post a Comment

Post Bottom Ad

Pages