भत्ता नपाएको विरोधमा संसदका कर्मचारीद्वारा आन्दोलन घोषणा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

भत्ता नपाएको विरोधमा संसदका कर्मचारीद्वारा आन्दोलन घोषणा

२६ मंसिर, काठमाडौं । गत साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारीले आन्दोलन घोषणा गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटमार्फत अतरिक्त भत्ता कटौती गरिएपछि उनीहरुले भत्ता पाउनुपर्ने माग गर्दै पुस १ देखि असहयोग आन्दोलन गर्ने बताएका हुन् ।

संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले पुस १ देखि कार्यालय समयबाहेक अन्य समयमा काम नगर्ने बताएका छन् । हामी पुस १ देखि १०-४ मात्र ड्युटी गर्छौं’ उनले भने ‘अतिरिक्त भत्ता नहुने हो भने विहान बेलुकाको समयमा काम गर्न सकिदैन ।’

गत वर्षसम्म संसद कर्मचारीले तलब र अतिरिक्त भत्ता पाउदै आएका थिए । चालु आर्थिक वर्षमा कटौती भएपछि उनीहरु असन्तुष्ट भएका हुन् । संसद र संसदीय समितिहरुको बैठक विहान र बेलुका अबेसम्म पनि बस्ने हुनाले उक्त समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनुपर्ने कर्मचारीको भनाइ छ ।



from Online Khabar https://ift.tt/2QJOj33

No comments:

Post a Comment

Post Bottom Ad

Pages