एजेन्सी- प्राय टेक कम्पनीहरुले आफ्नो ‘पेटेन्ट राइट’ तथा इन्टेलेक्चुअल प्रोपर्टी अर्थात बौद्धिक सम्पत्तिको लागि लाखौ करौडौ रुपैयाँ खर्च गर्ने गर्दछन्।
तर अहिले कम्पनीहरुले त्यो भन्दा पनि धेरै खर्च ठूलो रकम कार्यकारीको सूरक्षामा गरिरहेका अमेरिकाको वायर्डले अमेरिकी सुरक्षा तथा एक्सेन्ज कमिसनबाट तथ्याङ्क निकालेका छन्।
जसमा सन् २०१८मा कम्नीहरुले आफ्नो कार्यकारी निर्देशको सुरषामा धेरै ठूलो रकम खर्च गरेको पाइएको छ। सुरक्षामा सबैभन्दा धेरै खर्च गर्नेमा चर्चित सामाजिक सञ्जाल फेसबुक रहेको छ।
फेसबुकले सन् २०१७देखि सिइयो तथा अध्यक्षको लागि सुरक्षामा मात्रै ७.३ मिलियन डलर अर्थात ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ। जबकी कम्पनीको चिफ अपरेटिङ अफिसर सेरिल स्याण्डबर्गको सुरक्षामा मात्रै २.६ मिलियन डलर खर्च गरिएको पाइएको छ।
यस्तै एक तथ्याङक अनुसार ५ वर्षअघि फेसबुकका सिइओ मार्क जुकरवर्गले १७ करोड आफ्नो सुरक्षामा खर्च गरेका थिए। तर अहिले भने उसको सुरक्षामा थप तीन गुणा धेरै सुरक्षाको लागि रकम बढेको छ। यस्तै गत वर्षको लगानीकर्ताको मिटिङमा फेसबुकले मार्कजुकरवर्गको सुरक्षामा वार्षिक ७० करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ।
यस्तै एप्पलको सिइओ टीम कुकको सुरक्षामा मात्र २ करोड २१ लाख खर्च गर्ने गरेका छन्। सन् २०१७मा टीम कुकले ३.१० लाख डलर खर्च गरेका थिए। जबकी गूगलका सिइओ सुन्दर पिचाइले सन् २०१७मा ४ करोड ५३ लाख रुपैयाँ खर्च गरेका थिए।
यस्तै अमेजनका फाउण्डर तथा सिइओ जेफ बेजोसले आफ्नो सुरक्षामा ११ करोड ३८ लाख रुपैयाँ खर्च गर्ने गरेका थिए भने ओरेकलका सिइओ ल्यारी एलिसनले आफ्नो सुरक्षामा ११ करोड ४२ लाख वार्षिक रुपमा खर्च गरेकी थिइन्।
from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2U67u52
No comments:
Post a Comment