अन्तरिक्षमा भारतले पठाउनेछ मानव, सर्वसाधारणले समेत भाग लिन पाउने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 21, 2019

अन्तरिक्षमा भारतले पठाउनेछ मानव, सर्वसाधारणले समेत भाग लिन पाउने

एजेन्सी- भारतले अन्तिक्षमा मानव मिशन पठाउने तयारी गरिहरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सन् २०२१ मा आफ्नो पहिलो मानव मिसन पठाउने जनाएको छ।

उक्त मानव मिशनमा भारतले वैज्ञानिकलाई मात्र नभइ सर्वसाधारण मानिसलाई समेत सामेल गराउने अवसर प्रदान गर्नेछ। यसबारेमा इसरोका अध्‍यक्ष डा. के सिवनले बीबीसीसँग कुरा गर्दै भने भनेका छन, ‘अन्तिक्षमा मानव पठाउने मिशनमा जाने व्यक्तिहरुमा हामीले एक जना सर्वसाधारणलाई सहभागी गराउने छौ। तर त्यो क्षमता भने ती व्यक्तिमा निर्भर हुनेछ।’

करीब नौ हजार २३ करोड रुपैँयाबाट बनाइएको उक्त मानव अन्तरिक्ष उडान केन्द्र उद्घटनापछि यसबारेमा डा. सिवनले सो कुराको घोषणा गरेका थिए।

भारतले बनाएको उक्त उडान केन्द्रले सर्वप्रथम मानिस पठाउने तयारी गर्नेछ, किनकी इसरोले अन्तरिक्षमा तीन जनाको टोली पठाउने तयारी गरिरहेको छ।

डा.उन्‍नीकृष्ण नायलाई उक्त उडान केन्द्रका प्रमुख बनाइएको छ।उनीसँगै गगन परियोजनाको निर्देशक डा.आर हटन हुनेछन्।

मोदीले गरेका थिए घोषणा


गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गतवर्ष स्वतन्त्रता दिवसको अवसरमा गगनयान परियोजनाको बारेमा सो कुरा घोषणा गरेका थिए।

डा. सिवनले भनेका छन्, ‘ यो वर्ष गगनयान संस्थाको सबैभन्दा उच्च प्राथमिकता राखेका छौ। हामी यो मानवरहित मिशनलाई डिसेम्बर २०२०मा पठाउने तयारी गरिरहेका छौ। त्यसो त दोस्रो योजना जुलाई २०२१मा पूरा हुनेछ। उक्त दिनको सफलतापछि दिसम्बर २०२१मा मानव मिशनको योजना पूरा हुनेछ।’

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो घोषणामा सन् २०२२ सम्‍म अन्तिक्षमा मानिस पठाउने बताएका थिए।इसरोले सन् २०२२ सुरु हुनुअगावै पहिले प्रधानमन्त्रीले बोलेका कुरालाई साकार पार्ने योजनामा रहेका जुटिरहेको छ।

यता, डा. सिवन अन्तरिक्षमा महिलालाई पठाउनु पर्ने बताउँछन्। उनी भन्छन्, ‘हामी चाहन्छौ अन्तरिक्षमा महिला वैज्ञानिक जाऊन्, यो हाम्रो उद्देश्य हो। मेरो विचारमा हामीले महिला र पुरुष दुवै वैज्ञानिकलाई त्‍यहा जाने तयारी गराउँछौ। प्रधानमन्त्रीले भने भाइ-बहिनीलाई पठाउनु पर्ने चाहना गर्नु भएको थियो। हामी यसलाई पूरा गर्न चाहन्छौ।’

यसबारेमा इसरोका पूर्व अध्यक्ष एएस किरण कुमारले भनेका छन्,’हामी प्रधानमन्त्रीको सपना पूरा गर्न चयन प्रक्रिया थालेका हौ। यसमा कुनै पनि आमनागरिकले यो आवेदन भर्न सकोस। त्यपछि प्रशिक्षण एक प्रक्रिया हुनेछ। यो पनि सबैकोऊ लागि आवेदन खुल्‍नेछ।’

कस्तो आशा गरिएको छ ?


डा. सिवनले अन्तरिक्ष वैज्ञानिकलाई पहिले भारतमै प्रशिक्षण दिने बताएका छन्। यसपछि उनलाई त्यो देशमा प्रशिक्षण हुनेछ, जुन देशले यसअघि अन्तरिक्षमा मानव पठाइसेका छन्।सायद रुसमा हुन सक्छ।’

मानव मिशनबाट भारतको विकासका लागि विभिन्‍न क्षेत्रमा विकास गर्नको लागि नयाँ उपायहरु अन्वेषण गर्ने आशा गरिएको छ। के यस्तो हुन सक्छ त भन्‍नेमा डा. सिवन भन्छन्, ‘ इसरोका लागि गगनयान यो ऐतिहासिका र महत्वाकांक्षी परियोजना हो। अहिलेसम्‍म हामी इन्जिनियरिङको क्षेत्रमा काम गरिरहेका थियौ। जसमा यान, क्रूको मोडेल बनाउने काममा मात्रै सामेल थियौ। अब हामी मानव पठाउने तयारीमा लागिसेका छौ।’

यस्तै किरण कुमारले भारत अन्तरिक्षमा मानव मिशन पठाउने काम साह्रै सराहनीय भएको र आम मानिसलाई समेत मौका दिएकोमा खुसी व्यक्त गरेका छन्।

यसभन्दा पहिले सन २००९मा योजना आयोगले अन्तरिक्षमा मानव मिशन पठाउने प्रस्ताव गरेको थियो। त्यहीबाट इसरोले यो क्षेत्रमा काम गरिरहेको छ। इसरोले अहिलेसम्‍म यो क्षेत्रमा धेरै परीक्षणहरु गरिसकेको छ।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2FL2DlU

No comments:

Post a Comment

Post Bottom Ad

Pages