‘सात प्रदेश र साता हामी’ नारा बोकेर ‘म्यूजिकल जर्नी’ हुँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 23, 2019

‘सात प्रदेश र साता हामी’ नारा बोकेर ‘म्यूजिकल जर्नी’ हुँदै

एउटा फरक उद्देश्यका साथ काठमाण्डौ बाहिरका विभिन्न शहरमा ‘सीएमसी सत्तरंगी, अ म्यूजिकल जर्नी–२०१९’को आयोजना हुँदैछ । ग्रिष्मा ब्रोडकास्टिङको आयोजनामा हुन लागेको यो कार्यक्रमले पर्यटन प्रवद्र्धन र नेपाली कला संकृतीको विकासमा महत्वपूर्ण योगदान गर्ने वुझाई आयोजकको छ ।

‘सात प्रदेश र सात हामी’ भन्ने मुख्य नाराका साथ ७ वटा प्रदेशमा यो कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी, लोकगायक पशुपति शर्माले गीत गाउनेछन् । यस्तै, मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुत गर्नेछन् । ‘बोल माया’ गीतमा अभिनय गरेपछि अन्जली अहिले चर्चामा छिन् । यस्तै, कमेडियन सन्दिप क्षेत्रीले दर्शकलाई पेट मिचिमिची हसाँउनेछन् भने खेलाडी दीपक बिष्टले आफ्नो खेल प्रदर्शन गर्नेछन् ।

फरक फरक विधामा राष्ट्रिय स्तरका सेलिब्रिटी सहभागी हुने भएकाले पनि दर्शकका लागि यो कार्यक्रम विशेष हुनेछ । माघको १८ गते दमकबाट सुरु हुने कार्यक्रम माघ २० गते जनकपुरमा आयोजना हुनेछ । यस्तै, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटवल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागूण २ गते पोखरामा आयोजना हुनेछ ।

आयोजकले कार्यक्रममा सहभागी हुनका लागि दर्शकले कुनै पनि रकम तिर्न नपर्ने बताएको छ । आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरे भन्छन्–‘हामीले आर्थिक हिसाबले फाइदा होस् भनेर यो कार्यक्रम आयोजना गर्न लागेको होइनौ । सातै प्रदेशका जनताविच आपसी सद्भाव र सामिप्यता बढाउन तथा पर्यटकिय हिसाबले पनि सातै प्रदेशको प्रचार गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागेका हौ ।’

यो कार्यक्रममा कलाकारहरु नेपाली भेषभुषामा सजिनेछन् । जसलेगर्दा पनि दर्शकका लागि उनीहरुको पहिरन विशेष हुनेछ ।



from Online Khabar http://bit.ly/2Dt1vBL

No comments:

Post a Comment

Post Bottom Ad

Pages