काभ्रे–काभ्रेको तिमाल गाउँपालिक १ स्थित जन चेतना माध्यमिक विद्यालयको लागि स्थानीय समाजसेवी ज्ञानध्वज तामाङ (उज्ज्वल) ले २ रोपनी जग्गादान गरेका छन् । तामाङले साे जग्गा विद्यालयको नाममा नामसारी समेत गरिदिइसकेका छन् । आफू जन्मे हुर्केको अनि क ख सिकेको विद्यालयलाई यसरी सहयोग गर्न पाउदा खुसी लागेको उनले प्रतिक्रिया दिए । विद्यालयमा विद्यार्थीहरुको लागि साधारण भवन निर्माण र खेल मैदानको लागि ठाउँको समेत अभाव भइरहेको बेला तामाङले सो जग्गा विद्यालयलाई दान गरेका हुन् ।
from रातोपाटी http://bit.ly/2Hlstzt
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment