जोशीको आदेश प्रधानन्‍यायाधीश राणाले उल्टाए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 18, 2019

जोशीको आदेश प्रधानन्‍यायाधीश राणाले उल्टाए

काठमाडौं – न्यायाधीश दीपकराज जोशीले चौधरी ग्रुपको लगानी रहेको सिजी टेलिकमलाई लाइसेन्स दिन भनि जारी गरेको अन्तरकालीन आदेश सर्वोच्चले उल्ट्याएको छ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि गएको पुस १० गते सिजीलाई लाइसेन्स दिन जोशीको इजलाशले दिएको आदेशलाई बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र ईश्वरप्रसाद खतिवडाको इजलाशले उल्ट्याएको हो।

जोशीले प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जारी गरेका आदेशहरु एकपछि अर्को विवादमा तानिन थालेका छन् ।

यसअघि अजय सुमार्गी विदेशबाट ल्याएर बैंकमा रोक्का रहेको ८४ करोड रुपैयाँ फुकुवा गर्न जोशीले दिएको आदेश पनि प्रधानन्यायाधीश राणासहितको इजलाशले उल्ट्याएको थियो ।

राणा प्रधानन्यायाधीश भएपछि जोशीलाई न्यायपरिषद सदस्यबाट हटाउँदै इजलाशसमेत दिन बन्द गरेका छन् । उनी अहिले बिदामा बसेका छन् ।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2MfCexE

No comments:

Post a Comment

Post Bottom Ad

Pages