स्याङ्जाको पुतलीबजारमा क्रस कन्ट्री दौड प्रतियोगिता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

स्याङ्जाको पुतलीबजारमा क्रस कन्ट्री दौड प्रतियोगिता

८ माघ, काठमाडौं । यही माघ २६ गते स्याङ्जाको पुतलीबजारमा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ भन्ने मूल नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा ‘क्रस कन्ट्री’ दौड प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका युथ कोअर्डिनेटर लालबहादुर गुरुङले जानकारी दिए ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले ग्रामीण स्तरमा पनि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्न पनि सो प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे ।

प्रतियोगिता भएको स्थानमा साइकल रुट निर्माण गरी साइक्लिङ गर्ने, स्विमिङ पुल निर्माण गरी प्रतियोगिताहरु आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यतासमेत अध्ययन गर्ने योजना पनि संस्थाले तय गरेको छ ।

क्रस कन्ट्री दौड प्रतियोगिता २१ वर्ष मुनिकालाई १४ किलोमिटर तय गरिएको छ भने खुला प्रतियोगिता ३१ किलोमिटरको हुनेछ । पुतलीबजारको बराहचौरबाट सुरु हुने प्रतियोगिता शुक्ला गण्डकी, बिरुवा हुँदै पुतलीबजारमै आएर समापन हुने पनि संस्थाका प्रमुख सल्लाहकार गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने २१ वर्ष मुनिका समूहलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई१० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने खुला समूहको प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ४० हजार र तेस्रोलाई ३० हजारको पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।



from Online Khabar http://bit.ly/2MmTwcg

No comments:

Post a Comment

Post Bottom Ad

Pages