टिपर दुर्घटनामा एक जनाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रे । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको उनले बताए । 

from रातोपाटी http://bit.ly/2KMzniG

No comments:

Post a Comment

Post Bottom Ad

Pages