‘कप्स’को ट्रेलर रिलिज, इमान्दार प्रहरीको भूमिकामा अनुप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 29, 2019

‘कप्स’को ट्रेलर रिलिज, इमान्दार प्रहरीको भूमिकामा अनुप

नायक अनुप विक्रम शाही लिड भूमिकामा रहेका चलचित्र बक्स अफिसमा सफल छैनन् । अनुपको अभिनयको सर्वत्र चर्चा भएपनि उनी दर्शक हलसम्म तान्न भने असमर्थ छन् । यसैले पनि जेठ १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कप्स’ अनुपका लागि विशेष छ । अनुपविक्रम शाहीलाई चलचित्रमा प्रहरीको भूमिकामा देख्न सकिनेछ ।

सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एक इमान्दार प्रहरीको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा अनुपको जोडीको रुपमा सन्दिपा लिम्बुले अभिनय गरेकी छिन् । निर्माणपक्षका अनुसार, चलचित्रले पब्लिक, पोलिटिक्स र पुलिसको कथा भन्छ ।

आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन छ ।



from Online Khabar http://bit.ly/2PzMItz

No comments:

Post a Comment

Post Bottom Ad

Pages