श्रीलंकामा श्रृंखलावद्ध विष्फोट : कम्तीमा २० को मृत्यु, २०० घाइते - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

श्रीलंकामा श्रृंखलावद्ध विष्फोट : कम्तीमा २० को मृत्यु, २०० घाइते

८ वैशाख, काठमाडौं । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।

कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।

कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।



from Online Khabar http://bit.ly/2VWvLvz

No comments:

Post a Comment

Post Bottom Ad

Pages