दाइजोका लागि श्रीमतीको जलाएर हत्या, त्यसपछि दुई सन्तानलाई बाकसमा बन्द गरेर जलाइदिए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

दाइजोका लागि श्रीमतीको जलाएर हत्या, त्यसपछि दुई सन्तानलाई बाकसमा बन्द गरेर जलाइदिए

भारतको उत्तर प्रदेशमा एक महिला र उनका दुई सन्तानको जलाएर हत्या गरिएको छ । घटना १८ अप्रिलको हो ।महिलाको नाम उषा थियो । उषाका श्रीमान् गणेश घटना भएलगत्तै फरार छ । उषा र गणेश पटेलको विवाह सनु २०१२ मा भएको थियो ।१७ अप्रिल बिहान छिमेकीले घरबाट धुँवा आइरहेको देखे । मानिसहरुले घरभित्र गएर हेर्दा उषा र उनका दुई सन्तान जलिसकेको पाए । उषाको शव कोठामा भेटिएको थियो तर बच्चाहको शव फलामको बाकसमा भेटिएको थियो । त्यसपछि छिमेकीले ऊषाका माइती पक्ष र पुलिसलाई बोलाए ।पुलिसले दाइजोका लागि हत्या मामला दर्ता गरेको छ ।

from रातोपाटी http://bit.ly/2Vmz96d

No comments:

Post a Comment

Post Bottom Ad

Pages