रिना हत्या प्रकरण : प्रदर्शनकारीमाथि प्रहरीको अश्रुग्यास - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 23, 2019

रिना हत्या प्रकरण : प्रदर्शनकारीमाथि प्रहरीको अश्रुग्यास

१० वैशाख, काठमाडौं । मोरङको पथरीमा शनिबार नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत हत्या प्रकरणको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले निकालेको प्रदर्शनका क्रममा झडप भएको छ ।

स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास प्रहार गरिएको हो । हाल स्थिति नियन्त्रणमा आइसकेको उनले अनलाइनखबरलाई बताए ।

पथरी उद्योग बाणिज्य संघले रिना हत्याको विरोधमा मंगलबार बजार बन्द समेत गराएको छ । प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उनको घटनामा संलग्नता छ/छैन भन्नेबारे हालसम्म निक्र्यौल भइसकेको छैन । प्रारम्भिक अनुसन्धान रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।



from Online Khabar http://bit.ly/2DEkFVd

No comments:

Post a Comment

Post Bottom Ad

Pages