रामेछापमा बाढीले बगाएर बालकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 24, 2019

रामेछापमा बाढीले बगाएर बालकको मृत्यु

११ वैशाख रामेछाप । दोरम्बा गाउँपालिका-३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ ।

मंगलबार स्थानीय भीमसेन खोलामा आएको बाढीले ११ वर्षीय अनिष श्रेष्ठलाई बगाएको हो । खोला तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।

उनीसँगै हजुरबुबा भीमसेनलाई पनि बगाएको थियो । हजुरबुवा भने करिब ५० मिटर तल पुगेर निस्किएका थिए ।

अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए ।

यसवर्ष रामेछापमा वैशाख महिना लागेसँगै मुसलधारे खण्डवृष्टि भइरहेको छ ।



from Online Khabar http://bit.ly/2GD3x3G

No comments:

Post a Comment

Post Bottom Ad

Pages