टिममा हेरफेरबारे प्रष्ट छु : जिदान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

टिममा हेरफेरबारे प्रष्ट छु : जिदान

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले आफूसँग टिममा हेरफेर गर्नेबारे प्रष्ट भिजन रहेको बताएका छन् ।

सान्टिएगो बेर्नाबाउमा एथ्लेटिको क्लबसँग खेल्नुअघि उनले खेलाडी किनबेचबारे कुरा गरेका हुन् । उनले भनेका छन्, ‘म क्लबसँग (टान्सफरबारे) कुरा गर्न गइरहेको छु किनभने मलाई के चाहिन्छ भन्ने प्रष्ट थाहा छ । तर, अहिले नै नाम भन्दिनँ ।’

क्लबमा फर्किँदा अध्यक्ष फ्लोरेन्टिना पेरेजले कस्तो संकेत दिएका थिए भन्नेबारे उनलाई सोधिएको थियो ।

‘(क्लब) हालत बदल्न चाहन्छ र हामीले के गर्न सक्छौं भनेर कुराकानी गरेका छौं’ जिदानेले भनेका छन् ।

‘ट्रान्फर मार्केटबाट के हासिल गर्न सक्छौं, हामी हेर्छौं । तर टिममा परिर्वतन हुन्छ, यो प्रष्ट छ ।’

जिदान क्लबमा फर्किएसँगै ग्यारेथ बलको स्थान सुरक्षित नभएको चर्चा चलेको थियो । तर, उनले भने यसबारे अहिले कुनै कुराकानी भइनसकेको बताएका छन् ।



from Online Khabar http://bit.ly/2VWR7cr

No comments:

Post a Comment

Post Bottom Ad

Pages