प्रेमिकासँग बिहे गर्दै बरुण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 24, 2019

प्रेमिकासँग बिहे गर्दै बरुण

नयाँ पुस्तामा धेरैको मन जित्न सफल बलिउडका चर्चित नायक बरुण धवन आफ्नो प्रेम जीवनले पनि चर्चामा रहन्छन् । बरुणले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिन कै दिन बरुणको एक नयाँ खबर बाहिरिएको छ । उनले यसै वर्ष आफ्नो प्रेमिका नताशा दलालको साथ बिबाह गर्दैछन् ।

पारिवारिक सुत्रको हवला दिदै भारतीय मिडियाले बताए अनुसार बरुण र नताशा आगामी वर्ष बिबाह गर्ने तयारीमा थिए । तर, दुबैको परिवारलाई यो कुरा मन्जुर भएन । दुबै परिवारको सल्लाहपछि यसै वर्ष उनीहरुको बिबाह हुने पक्का जस्तै भएको छ । केही दिनमा नै दुई परिवार मिलेर बिबाहको मिति पक्का गर्नेछन् ।

यसै वर्ष बिबाह गर्नका लागि बरुणको आमाले निकै बल गरेकी थिइन् । उनको जिद्दीले नै यसै वर्ष बिबाह हुन लागेको बुझिएको छ । उनी आफ्नो छोराको बिबाह धुमधामले गर्न चाहन्छिन् । बरुण र नताशा लामो समयदेखि प्रेममा छन् । तर, उनीहरुले आफ्नो प्रेमको विषयमा खुलेर कुरा गरेका छैनन् ।



from Online Khabar http://bit.ly/2GD1KvR

No comments:

Post a Comment

Post Bottom Ad

Pages