दाङको गढवा गाउँपालिकालाई नमूना शहर बनाउन डीपीआरको काम सुरू - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 23, 2019

दाङको गढवा गाउँपालिकालाई नमूना शहर बनाउन डीपीआरको काम सुरू

१० वैशाख, लमही  । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डीपीआर सुरु गरेको छ ।

अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । उनका अनुसार गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली पार्क निर्माण, फोहर सकलन केन्द्र निर्माण, खानेपानीका वडास्तरीय बृहत योजना सञ्चालन र नमूना सडक बनाउने कार्यमा गुरुयोजना निर्माण गरी कार्यान्वयनको चरणमा लगेको उनले बताए ।

‘गढवालाई नमूना शहर बनाउने काम अघि बढेको छ’, उनले भने, ‘अहिले हामीले गुरुयोजना निर्माण गरिरहेका छौँ ।’ डीपीआर तयार भएपछि त्यही आधारमा नमूना शहर निर्माणको काम अघि बढाउने योजना रहेको उनको भनाइ छ ।

प्रदेश नं ५ सरकारको रु ६० लाख बजेटमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको तयारी भएको उनले बताए । प्रदेश सरकारकै रु ३६ लाखको लागतमा गढवा गाउँपालिकास्तरीय व्यवस्थित र आधुनिक खेलकूद मैदान निर्माणको शुरुआत गर्न थालिएको उनले बताए ।

दाङको विकट क्षेत्रमा रहेको उक्त गाउँपालिकामा आधुनिक शहर निर्माण भएसँगै गाउँपालिकाले विकासमा फड्को मार्न अध्यक्ष यादवको भनाइ छ । त्यस्तै प्रदेश सरकारले नै देउखुरीको जङ्गलकुटीमा नमूना थारु सङ्ग्रहालय बनाउने योजना बनाएको छ ।

पानीको समस्या रहेको उक्त पालिकामा अहिले पनि पानीको समस्या पनि हटेको उनको भनाइ छ । साथै साढे चार करोडको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्यलाई तीब्रता दिइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकासले पनि गति लिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीय खुसीराम यादवका अनुसार यस अघि विकास निर्माणका कार्यले गति लिन नसकेको भएपनि अहिले जनप्रतिनिधि आएपछि विकास निर्माणका काम तीब्र गतिमा अघि बढिरहेका छन् ।

 



from Online Khabar http://bit.ly/2GBtP6v

No comments:

Post a Comment

Post Bottom Ad

Pages