‘एक था टाइगर’को तेश्रो सिरिज बन्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 29, 2019

‘एक था टाइगर’को तेश्रो सिरिज बन्ने

बलिउडको सफल चलचित्र ‘एक था टाइगर’ भन्ने वित्तिकै नायक सलमान खानको नाम अगाडि आउँछ । सलमान खान स्टारर यो चलचित्रले बक्स अफिसमा धमाका पिटेको थियो । उक्त चलचित्रको सफलतापछि त्यसको दोस्रो भाग ‘टाइगर जिन्दा हे’ निर्माण भयो । उक्त चलचित्रले पनि बक्सो अफिसमा तहल्का मच्चायो ।

अब भने यसको तेस्रो भाग निर्माण हुने भएको छ । निर्देशक अली अब्बास जफरले यो कुराको खुलासा गरेका हुन् । उनले एक अन्तर्वार्तामा आफूहरु टाइगरको तेस्रो भाग निर्माण गर्न लागेको बताएका छन् । उनले भनेका छन्–‘हामीले लगभग स्टोरी फाइनल गरिसकेका छौँ । यो चलचित्रलाई लिएर म र सलमान दुबै निकै उत्साहित छौँ ।’ निर्देशक अलीले यो चलचित्र पुरानो दुई चलचित्र भन्दा अझै राम्रो हुने बताए ।

अहिले अलीको निर्देशन तथा सलमान खान अभिनित चलचित्र ‘भारत’ रिलिजको तयारीमा छ । यो बर्षको इदमा यो चलचित्र रिलिज हुनेछ । यो चलचित्रको रिलिज पश्चात् टाइगरको तेस्रो भाग लेख्न सुरु गर्ने अलीले बताएका छन् ।

सलमान भने हाल चलचित्र ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । ‘दबंग ३’ पश्चात् सलमान संजयलीला भन्सालीको चलचित्र ‘इन्शाअल्ला’मा व्यस्त हुनेछन् । यी दुई चलचित्र पश्चात सलमानले टाइगरको तेस्रो सिरिजमा समय दिनेछन् ।



from Online Khabar http://bit.ly/2voROQ0

No comments:

Post a Comment

Post Bottom Ad

Pages