‘मेरो सरकार’मा देउवाको टिप्पणी : बेलायती महारानीको शैली - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 5, 2019

‘मेरो सरकार’मा देउवाको टिप्पणी : बेलायती महारानीको शैली

२२ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भनेकोमा गम्भीर आपत्ति जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताए । सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तानेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’

सांसद मिनेन्द्र रिजालले हिजो राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको स्मरण गरे । ‘त्यो प्रवृत्तिमा सरकार हिँड्दैछ,’ उनले अघि भने ।

नीति तथा कार्यक्रममा के भनिन्छ हेर्न अरु देशमा जानु नपर्ने भन्दै उनले २०६४/६५ को चुनावपछि बनेको सरकारले मेरो सरकार भन्न छाडेको हेर्न आग्रह गरे ।

सरकारले राष्ट्रपति जस्तो संस्थालाई पटकपटक विवादमा पार्न खोजेको भन्दै उनले आग्रह गरे, ‘राष्ट्रपति जस्तो सम्माननीय संस्थालाई आलोचनाको पात्र नबनाउनूस्, गणतन्त्रप्रति जनताको विश्वासलाई किल्चेर नहिँड्नुस् ।’

यो सरकारले गणतन्त्रलाई जोगाउँछ कि जोगाउँदैन भन्ने आशंका जनताको मनमा रहेको भन्दै नेता रिजालले काममार्फत आश्वस्त पार्न आग्रह गरे ।



from Online Khabar http://bit.ly/2PLJB1G

No comments:

Post a Comment

Post Bottom Ad

Pages