‘डी सिने अवार्ड’मा नम्रता उत्कृष्ट नायिका, ‘छक्का पन्जा ३’ बेष्ट फिल्म(फोटो फिचरसहित) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 5, 2019

‘डी सिने अवार्ड’मा नम्रता उत्कृष्ट नायिका, ‘छक्का पन्जा ३’ बेष्ट फिल्म(फोटो फिचरसहित)

वैशाख महिना लागेसँगै अब नेपाली चलचित्रका विभिन्न नाममा आयोजना हुने अवार्डको सुरुवात हुन थालेको छ । यो बर्षकै पहिलो अवार्डको रुपमा ‘डी सिने अवार्ड २०७६’ काठमाण्डौको हिरारत्न हलमा आयोजना भएको छ ।

चलचित्रकर्मीहरुको निकै नै फितलो उपस्थितीमा आयोजित अवार्ड समारोहमा नायिका नम्रता श्रेष्ठले चलचित्र ‘प्रसाद’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । यस्तै, नायक सलिनमान बनियाँले चलचित्र ‘यात्रा’बाट उत्कृष्ट नायकको अवार्ड जिते ।



यो अवार्डमा ‘छक्का पन्जा ३’ उत्कृष्ट चलचित्र बन्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको रुपमा दीपाश्री निरौलाले अवार्ड जितिन् । अवार्ड समारोहमा कलाकार निर शाहलाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो । यस्तै, छायाछवि रजत सम्मानबाट गायिका देविका बन्दना र निर्देशक शोभित बस्नेतलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट ३ दशकसँग रंग पत्रकारितामा सक्रिय पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिएको थियो । अवार्डमा ‘पपुलर चलचित्र’को रुपमा गतबर्ष आक्रामक व्यापार गर्न सफल चलचित्र ‘ए मेरो हजुर ३’लाई अवार्ड प्रदान गरियो भने ‘क्रिटिक्स अवार्ड’ चलचित्र ‘यात्रा’ले प्राप्त गर्यो । जुरी अवार्ड चलचित्र ‘डमरुको डन्डिबियो’ले प्राप्त गरेको अवार्ड समारोहमा श्रीदेव भट्टराइलाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

यी बाहेक अन्य विधामा अवार्ड प्राप्त गर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः

उत्कृष्ट पाश्र्वसंगीत – जेसन कुवर, प्रवेश मल्लिक (भोर)

उत्कृष्ट साउण्ड डिजाइन – मुकेश शाह (डमरुको डण्डीवियो)

उत्कृष्ट गीतकार – राजेश श्रेष्ठ- फूल होईन (रोज)

उत्कृष्ट गायिका – विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट गायक – डेविड शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट लोक संगीत संगीतकार – दीपक शर्मा -पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट संगीतकार – एलिस कार्की -फूल होइन (रोज)

उत्कृष्ट लोकगीत नृत्य निर्देशक – बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)

उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज – तिम्रो लागि (राम काहानी)

उत्कृष्ट द्वन्द्व निर्देशक – हिमाल के. सी (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट बालकलाकार – एञ्जल राई (हैरान)

उत्कृष्ट हाँस्यकलाकार – केदार घिमिरे (छक्का पञ्जा –३)

उत्कृष्ट खलपात्र – माओत्से गुरुङ (चङ्गा चेट)

उत्कृष्ट कथा – दीपेन्द्र लामा (गोपी)

उत्कृष्ट पटकथा – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट संवाद – सुशील पौडेल (प्रसाद)

नव नायिका – सुहाना थापा (ए मेरो हजुर ३)

उत्कृष्ट नव नायक – घिरज मगर (इन्टु मिन्टु लण्डनमा)

उत्कृष्ट नव निर्देशक – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट चरित्र अभिनेत्री – लक्ष्मी गिरी (छक्का पञ्जा –३)

उत्कृष्ट चरित्र अभिनेता – सरोज खनाल (क्याप्टेन)

उत्कृष्ट सह–अभिनेत्री – नम्रता सापकोटा (समर लभ)

उत्कृष्ट सह–अभिनेता – शलोन बस्नेत (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट छायाँकार – सञ्जय लामा (ए मेरो हजुर –३)

उत्कृष्ट सम्पादक – विपिन मल्ल (छक्का पञ्जा –३)

उत्कृष्ट अभिनेत्री – नम्रता श्रेष्ठ (प्रसाद)

उत्कृष्ट अभिनेता – सलिनमान बनिया (यात्रा :अ म्यूजिकल भ्लग)

उत्कृष्ट निर्देशक – दीपाश्री निरौला (छक्का पञ्जा –३)

उत्कृष्ट पपुलर चलचित्र – ए मेरो हजुर –३ (सुहाना इन्टरटेनमेन्ट)

क्रिटिक्स​ अवार्ड​ – यात्रा : अ म्युजिकल​ भ्ल​ग​

जुरि अवार्ड​ – डमरुको डण्डीवियो

ईन्करेज​मेन्ट​ अवार्ड​ – श्रीदेव भट्टराई (सुकुल​गुण्डा)

उत्कृष्ट फिल्म – छक्का पञ्ज –३ (आमा सरस्वती मुभिज)

 

तस्वीरः शंकर गिरी



from Online Khabar http://bit.ly/2JgjDSF

No comments:

Post a Comment

Post Bottom Ad

Pages