अल्टिच्यूड एयर दूर्घटना छानविन प्रतिवेदन : बादलभित्र पाइलट अल्मलिए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

अल्टिच्यूड एयर दूर्घटना छानविन प्रतिवेदन : बादलभित्र पाइलट अल्मलिए

८ जेठ, काठमाडौं । २३ भदौ २०७५ मा गोरखाको चुमनुब्री गाउँपालिकास्थित सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा मानवीय त्रुटि र मौसमको खराबीलाई मुख्य कारणका रुपमा औंल्याइएको छ ।

दुर्घटनाका विषयमा छानबिन गर्न गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई हालै बुझाएको प्रतिवेदन अनुसार प्रतिकुल मौसमका बेला पाइलटले समयमै उचित निर्णय लिन नसक्दा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

नुवाकोट र धादिङको सिमाना मैलुङ पाखामा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । ७ जना सवार यस दुर्घटनामा एक जनाको जिवितै उद्दार गरिएको थियो भने पाइलटसहित ६ जनाको निधन भएको थियो । हेलिकोप्टर अनुभवी पाइलट निश्चल केसीले उडाएका थिए ।

प्रतिवेदन अनुसार हेलिकोप्टर आउँदै गरेको रुटमा बादलले ढाकेको थियो । पाइलटले बादलको परवाह गरेनन् । तर, अत्यधिक बादलका कारण अगाडी कस्तो भूगोल छ भन्नेबारे उनले भेउ पाउन सकेनन् । सोही कारण हेलिकोप्टर पहाडमा ठोक्किएको छानविन प्रतिवेदनको निश्कर्ष छ ।

हेलिकोप्टर उडाउँदा बादलभित्र छिर्नु गम्भीर त्रुटि मानिछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हेलिकोप्टरलाई भीजुअल फ्लाइट रुल (भीएफआर)को उडान मात्र गर्न पाउने अनुमति छ । यस्तो नियममा पाइलटले आफ्नो आँखाले तलको जमिन देख्नुपर्छ ।

बादलमाथि रहेको अवस्थामा बादलभित्र नउडाएर खुला आकास रहेको क्षेत्रबाट उडान गर्नुपर्छ । तर, नेपालमा भने हेलिकोप्टर चालकहरुले बारम्बार यो नियमको उल्लंघन गर्ने गर्छन् । सोही कारण हेलिकोप्टर दुर्घटनाको दर पनि उच्च छ ।



from Online Khabar http://bit.ly/2LXqPWH

No comments:

Post a Comment

Post Bottom Ad

Pages