विमान परिचारिका बनिन् थाइल्याण्डकी रानी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 2, 2019

विमान परिचारिका बनिन् थाइल्याण्डकी रानी

१९ वैशाख, काठमाडौं । थाई नरेश महा बजिरालोङकोरनले ४० वर्षीया सुथिदालाई रानी बनाएका छन् ।

६६ बर्षीय बजिरालोङकोरनले आइतबार मात्र राज्याभिषेक गरेका थिए । उनले आफ्नै अगंरक्षक सुथिदासँग बुधबार बिहे गरेको थाई राजदरबारले जनाएको छ ।

कुनै समय थाई एयरलाइन्समा परिचारिका रहेकी सुथिदा २०१४ मा राजाको विशेष सुरक्षा दस्ताको कमाण्डर बनिन् । अहिले जनरल थिइन् ।

बुवा भूमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन् । उनको राज्याभिषेक भने शनिबार हुँदैछ ।

थाई नरेशको यो चौथो बिहे हो । उनले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए । थाई नरेशका सात सन्तान छन् ।



from Online Khabar http://bit.ly/2V9IS0b

No comments:

Post a Comment

Post Bottom Ad

Pages