खुलामञ्च बेच्ने ठेकदारको ठगी यता पनि ! - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 7, 2019

खुलामञ्च बेच्ने ठेकदारको ठगी यता पनि !

२४  वैशाख, संखुवासभा । काठमाडौंको खुल्लामञ्चमा सटर बनाएर बिक्री गर्ने स्वच्छन्द निर्माण कम्पनीका ठेकदार मनोज भेटवालले काठमाडौंको पुरानो बसपार्क कब्जा गरेको धेरै वर्ष बितिसकेको छ । काठमाडौं टावर बनाउने भन्दै बसपार्क कब्जा गरे पनि सरकारले भेटवाललाई कुनै कारवाही गरेको छैन ।

भेटवालको कम्पनी स्वच्छन्द निर्माणले काठमाडौंको पुरानो बसपार्कमा मात्रै होइन, संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पनि पुल बनाउने ठेक्का लिएर सरकारी रकम झ्वाम पारेको छ । भेटवालको कम्पनीले ०६७ सालमा अरुण नदीको लम्सुवाघाटमा पुल निर्माणको ठेक्का लिएको थियो ।

कुल १६ करोड ६३ लाखमा १६७ मिटर लामो पुल बनाउने ठेक्का स्वच्छन्द निर्माण कम्पनीले लिएको थियो । ०६७ सालमा लागेको ठेक्का ०७२ सालमा निर्माण सम्पन्न गर्ने शर्त थियो ।

तर, कम्पनीका ठेकेदार भेटवाल अहिलेसम्म कामै नगरी मोबिलाइजेसनको रकम लिएर बेपत्ता भएको भोजपुरस्थित षडानन्द नगरपालिकाका जनप्रतिनिधिको गुनासो छ ।

पुल बनाउने ठेकेदार वर्षौंदेखि बेपत्ता भएपछि यहाँका स्थानीयवासीलाई नदी पार गर्न समस्या पर्दै आएको छ । यहाँ मानिस मात्र होइन, सवारी साधनहरुसमेत डुंगामा राखेर जोखिमपूर्णरुपमा पार गर्नुपर्ने अवस्था छ ।

अरुण नदीको लम्सुवा घाट तराईबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला जाने प्रवेशद्वार हो ।

काठमाडौंको पुरानो बसपार्क कब्जा गर्दै आएका ठेकदार भेटवाललाई अहिलेसम्म ओली सरकारले कुनै कारवाही नगरी संरक्षण गर्दै आएको छ । पुरानो बसपार्कमा कुनै काम नभए पनि काठमाडौं महानगरपालिकाले भेटवालको ठेक्कालाई नवीकरण गरिदिएर भेटवाललाई संरक्षण गरेको हो । तस्वीर- पत्रकार भविन कार्कीको फेसबुकबाट



from Online Khabar http://bit.ly/2Y6y6EQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages