चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्स बीच संझौता भएको छ । ‘चलचित्र प्रोजेक्ट बिमा’ नाम दिइएको यो संझौतामा निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्सुरेन्सका सीइओ एनपी प्रधानले संझौता गरे ।
निर्माता संघको स्विकृती पश्चात निर्माताहरुले चलचित्रको छायांकन अगाडि यो बिमा गर्न पाउने बताइएको छ । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो चलचित्र दर्ता गर्दा भरेको लागत विवरणको एक प्रतिशत रकम विमा कम्पनीलाई वुझाउनुपर्ने हुन्छ ।
उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत रकम इन्सुरेन्स कम्पनीले निर्माता संघमा वुझाउने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्र छायांकनको क्रममा हुने हानीको विमा कम्पनीले एक महिना भित्र भुक्तानी गर्ने सीइओ प्रधानले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यो बिमा गर्नका लागि निर्मातालाई कुनै करकाप भने छैन । कुनै निर्माताले दुर्घटना बिमा मात्र गर्न पनि पाउने तथा प्रोजेक्ट बिमा गर्न चाहेमा दुर्घटना बिमा गर्नु नपर्ने बताइएको छ ।
from Online Khabar http://bit.ly/2McpSdB
No comments:
Post a Comment