‘कान्स फेस्टिभल’मा प्रियंका, भन्छिन्–‘मलाई नेपाल चिनाउनुछ’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

‘कान्स फेस्टिभल’मा प्रियंका, भन्छिन्–‘मलाई नेपाल चिनाउनुछ’

विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभल–२०१९’मा पहिलो पटक नेपालले पनि सहभागीता जनाउने भएको छ । ७२ बर्ष लामो इतिहास बोकेको विश्वकै ठूलो यो फेस्टिभलमा नायिका प्रियंका कार्कीले पहिलो पटक उपस्थिती जनाउँदै छिन् ।

यो फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा जारी छ । मे २५ सम्म यो महोत्सव चल्नेछ । महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु प्रियंका कार्की, दिपिका पादुकोण, कंगना रनावत, ऐश्वर्या राय, हुमा कुरेसी लगायतले सहभागीता जनाइरहेका छन् ।

पहिलो पटक विश्वकै ठूलो महोत्सवमा सहभागीता जनाउन लागेकी नायिका कार्की यो कुराले निकै नै खुशी छिन् । उनलाई अप्रिल महिनामा नै यो प्रस्ताव आइसकेको थियो । कार्कीले अनलाइनखबरसँग उत्साहित हुँदै भनिन्–‘मलाई कान्सको टिमबाट नै निमन्त्रणा आएको हो । यहाँ आफै प्रवेश पाइदैन । कान्सका सदस्य नै मलाई भेट्न आउनुभएको थियो । मेरो इन्स्टाग्रामको सक्रियता हेरेपछि उहाँहरुले मलाई निमन्त्रणा गर्नुभयो ।’

प्रियंकाले भनिन्–‘यो मेरा लागि मात्र होइन, नेपालकै लागि पनि महत्वपूर्ण छ । किनकी, त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइनँ । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’
प्रियंका आज बेलुकी फ्रान्स उड्दैछिन् । उनी भोली नै रेड कार्पेटमा उपस्थित हुनेछिन् । प्रियंकाले भनिन्–‘भोली त म रेड कार्पेटमा मात्र हिड्नेछु । यसपछि पिस नाइट नामक एउटा कार्यक्रम हुँदैछ । जसलाई माइकल ज्याक्सनको परिवारले स्थापना गरेको फाउन्डेशनले आयोजना गर्दैछ । यसमा आफ्नो देशको संकृती झल्कने पहिरनमा प्रस्तुति हुनेछ । म यो कार्यक्रममा नेपाली कल्चरलाई विश्वमाझ चिनाउने प्रयास गर्नेछु ।’

प्रियंकाले आफ्नो उपस्थिती ‘रोयल गाला डिनर’मा पनि हुने बताइन् । ‘यो सुन्दा सामान्य लाग्ला, तर यसमा विश्वका निकै नै चर्चित सेलिब्रिटीहरुलाई निमन्त्रणा गरिएको हुन्छ । बलिउडदेखि हलिउडका कलाकारसँग मेरो यो डिनर पार्टीमा भेट हुनेछ ।’

प्रियंकाले अहिलेसम्म पनि आफूलाई कान्समा जान लागेको महशुश नभएको बताइन् । उनले भनिन्–‘म अझै पनि यो कुराको महशुश गरिरहेकी छैनँ । सायद, पेरिसमा पुगेपछि मलाई बल्ल त्यो कुराले छुन्छ होला ।’ प्रियंकाका अनुसार, उनी अक्सिनज भिल्लामा बस्नेछिन् । यो प्राइभेट भिल्ला हो । जसमा, चर्चित सेलिब्रिटीलाई मात्र राखिन्छ ।

प्रियंकाले उत्साहित हुँदै भनिन्–‘मलाई विश्वास छ, मैले नेपाललाई विश्वमाझ चिनाउनेछु । साथमा, म नेपाल र नेपाली कल्चरको पनि राम्रो प्रचार त्यहाँ गर्नेछु । अहिले बलिउडका सामान्य कलाकार पनि कान्समा उपस्थित हुन थालिसकेका छन् । मैले ढोका खोलेकी हुँ । म त अब हरेक बर्ष यो फेस्टिभलमा सहभागी हुनेछु । अरु कलाकार पनि सहभागी हुने वातावरण बनाउनेछु भन्ने आशा लिएकी छु ।’

कान्समा कलाकारले लगाउने पहिरनको पनि महत्व विशेष हुन्छ । प्रियंकाले नेपालको संकृती झल्कने पहिरनदेखि आधुनिक पहिरन सम्म तयार पारेको बताइन् । उनले भनिन्–‘नेपाल पनि आधुनिक ड्रेसमा पछि छैन भन्ने खालको डिजाइन पनि मैले तयार पारेकी छु । साथमा, नेपालको संकृती झल्कने पहिरन पनि तयार छ ।’

नायिका कार्कीले आफू यो महोत्सवमा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् ।



from Online Khabar http://bit.ly/2JQArAe

No comments:

Post a Comment

Post Bottom Ad

Pages