चीनले बनाउँदैछ नयाँ पुस्ताको अन्तरिक्षमा पठाउने रकेट - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

चीनले बनाउँदैछ नयाँ पुस्ताको अन्तरिक्षमा पठाउने रकेट

एजेन्सी- विश्‍वका शक्तिशाली मुलुकहरुले रकेटमार्फत मिसाइल परीक्षण गरिरहेका बेला चीनले आउने पुस्ताका लागि आफ्‍नै देशमा रकेटको उद्योग विकास गर्ने तयारी गरेको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वा नेटका अनुसार चीनले मध्‍यम साइजको ‘लङ मार्च-७’ रकेटको उपलब्धता र सुरक्षाको दृष्टिलाई मध्‍यनजर गर्दै डिजाइन गर्न थालेको हो।

यसलाई कार्गो रुपमा डिजाइन गरी स्पेश स्टेशनसम्‍म पठाउने प्रोजेक्ट र दीर्घकालिन योजनाका साथ सेवा दिने गरी बनाइने छ।

यो रकेट ५३.१ मिटर लामो, ३.३५ मिटर व्यास, बुस्टर व्यास २.२५ मिटर रहेको छ भने यसको तौल ५९६ टन छ।

यो रकेटले पृथ्वीको कक्षसम्‍म करीब १३.५ टनको भारी पेलोडमा बोकेर जान सक्ने लङ मार्च -७ सिष्टमका संयोजक वाङ सिओजुङले बताएका छन्। उनले भनेका छन्,’५.५ टनको पेलोडले सूर्य कक्षसम्‍म बोकेर जान सक्नेछन्।’

उनका अनुसार सन् २०१७ जुन २५मा लङ मार्च -७लाई चीनको हिनान प्रान्तस्थित वेन च्‍याङ स्पेस लन्च सेन्टरबाट अन्तरिक्षमा पठाइएको थियो।

उनले चीनले पहिलो डिजिटली डिजाइन गरेको रकेट मानेको दाबी गरे।

उनले भनेका छन्,  ‘चीनले यसलाई निलो रङमा डिजाइन गरिएको छ जसको अर्थ वातावरणमैत्री र प्रदूषणमुक्त रकेट हुन्छ। साथै विषालु ग्‍यासबाट ५० प्रतिशतले जोगाउनेछ। साथै यो रकेटलाई मट्टीतेल र तरल अक्सिजनले समेत उडाउन सक्नेछ।’

वाऽका अनुसार लङ मार्च-७ लाई चीनको अन्तरिक्ष मिसनको भविष्यको रुपमा हेरिएको छ।

लङ मार्च-९

यसका साथै चीनले आफ्नो बहुचर्चित रकेट लङ मार्च -९ लाई चीनको सबैभन्दा ठूलो सामान बोक्‍ने रकेट मानिएको छ।

यसले करीब ५० देखि १४० टनसम्‍मको भारी पृथ्वीको कक्षसम्‍म बोक्‍न सक्नेछ। यसले चीनलाई चन्द्रमाको रहस्य पत्ता लगाउन, अन्तरिक्षको गहिरो अध्‍ययन गर्न र अन्तरिक्षको संरचनालाई फराकिलो बनाएर स्पेशमा थप स्रोतहरु जुटाउन मद्दत गर्नेछ।

यसले चीनलाई अन्तरिक्ष सम्बन्धी धेरै कुराहरुको रहस्य खोतल्न र त्यसको प्रवर्द्धन गर्नुका साथै स्पेस ग्राउण्ड स्टेशनलाई थप बलियो बनाउन मद्दत गर्नेछ।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/30tewoi

No comments:

Post a Comment

Post Bottom Ad

Pages